दुहबी/ सुनसरीको दुहबी स्थित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा केशबराज पौडेल नियुक्त भएका छन् । संस्थाकी अध्यक्ष भगबती चौधरीले राजिनामा दिएपछि मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो।
सञ्चालक समितिको १२९ औं बैठकले संस्थाका सञ्चालक पौडेललाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्ण प्रसाद भट्टराईले जनाएका छन् ।
यसअघि संस्थाकी अध्यक्ष भगबती चौधरी सुनसरी ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षमा निर्वाचित भएपछि नयाँ अध्यक्ष चयन गरिएको हो। नेकपा एमाले नेतृ चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा ५१८८ मत अन्तरले विजयी भएकी थिइन् ।





