दुहबी/ सुनसरीको दुहबी ४ स्थित संचालनमा रहेको दुहबी खानेपानी उपभोक्ता समितिलाई आज बिहिवार स्थानिय युवाहरुले ३ दिनको अल्टिमेटम सहित ध्यानाकार्षण पत्र बुझाएका छ्न्। ३ दिन भित्र मांग पूरा न भए दुहबी खानेपानीमा तालाबन्दी गर्ने उनिहरुले चेतावनी दिएका छन्।
बिगत ८ बर्षदेखि आलटाल गर्दै खाने पानी उपभोक्ता समितिले आर्थिक पारदर्शिता नदेखाएको, साधारण सभा नगरेको र नया उपभोक्ता समिति चयन गर्न बाटो खुला नगराएको भन्दै तत्काल उक्त कार्यगर्न दबाब स्वरुप आज खानेपानी उपभोक्ता समितिको कार्यालयमा पुगि समितिका प्रबन्धक बिश्वनाथ दाहाल लाइ ध्यानाकार्षण पत्र हस्तान्तरण गरेका थिए।
संघर्ष समितिका संयोजक सौकत अलिका अनुसार हालको समिति बिधानत स्वत खारेज भैसकेको हुदा यस्तो समितिले गरेका कुनैपनि सार्वजनिक निर्णयहरु अ्मान्य हुने बताए।
सो ध्यानाकार्षण पत्रमा ७ बुंदे माग समावेस गरिएको छ्।तत्काल आय ब्याय सार्वजनिक गरिनु पर्ने, साधारण सभा को मिति तोकिनु पर्ने, निर्वाचन मार्फत नया समितिको निर्माणका लागि बाटो खोल्नु पर्ने, बिघटित समितिले सार्वजनिक सूचना प्रवाह बिना भर्ना गरेका कर्मचारि हटाउनु पर्ने, कर्मचारिले खाइपाइ आएको तलब , भत्ता लगायतका सुबिधाहरु पारदर्शिता हुनु पर्ने, लगायतका माग राखि प्रथम चरणको दवाब स्वरुप उक्त ध्यानाकार्षण पत्र बुझाएको अलिले बताए ।
१ बर्ष अगाडी स्थानीयले सूचनाको हक हालेर ८ बर्षको आय ब्य्य सार्वजनिक गर्न मांग गर्दा समेत दुहबी खानेपानी उपभोक्ता समितिले वास्ता न गर्दा अनियमितता भएको प्रस्टै देखिएको स्थानीयहरु बताउँछन्।
खानेपानी जस्तो जनताको प्रत्यक्ष जिबन सग जोडिएको बिसयमा हालको समितिले कुनै संबेदनशिलता नदेखाएको हुदा बिगत समयमा फोहोर र दुशित पानी समेत पिउनु परेको थियो। समितिका कुनैपनि पदाधिकारिहरुले जिम्बेवारि बहन गर्न नसकि निकम्मापना देखाइदिदा आम उपभोक्ता हरु मार खेप्दै आएको सर्वत्र गुनासो छ। ‘ स्वच्छ पानी, स्वस्थ्य जिन्दगानि’ भन्ने सरकार को नारा भएपनि समितिले पानी भन्दा बढि आफ्ना र आफन्तलाइ जागिर खाने भाँडोको रुपमा लिदा उपभोक्ता हरु महङ्गो पानी महशुल र फोहोर पानीको भुमरिमा परि जोखिम मोलिरहेका छन्।
सो बिषयमा खानेपानीका प्रबन्धक दाहाल संग बुझ्दा भर्खरै फिल्टर जोडेर शुद्ध खानेपानी बितरण थालिएको र ल्याब टेस्ट गर्दा समेत शुद्धता देखिएको बताए। खानेपानी उपभोता समितिका कोषाध्यक्ष तथा दुहबी ३ का वडा अध्यक्ष माधव भण्डारीका अनुसार आजै बैठक बोलाइ भोलि देखि ५६ धाराका उपभोक्ता हरुलाइ चिठी पठाउने र आगामि भदौ २५ गते साधारण सभा बोलाइने बताए।
हाल दुहबी खानेपानी बितरण केन्द्रमा रहेको ट्यान्किको ४ लाख ५० हजार क्षमता रहेको छ भने उपभोक्ता हरुको संख्या २९ सय रहेको छ। दुहबी ४,५,६, र ३ का उपभोक्ता हरुले सेवा लिदै आइरहेका भएपनि थप क्षमता वृद्धि गर्न र पर्याप्त पानी बितरण गर्नको लागि कुनै गृहकार्य नगरेको समितिमाथि आरोप लाग्दै आएको छ्।
पानीको सतह घट्दै जाने, उपभोक्ताको माग बढ्दै जाने हुदा बारम्बार समस्या आइरहदा पनि यो समितिले कुनै नया योजना र आगामि दिनमा पर्न सक्ने दिर्घकानिन समाधान्को बारेमा चासो देखाएको छैन्। यसरि लामो समय सम्म पनि साधारण सभा नगरि समितिलाइ बन्धक बनाइ रहदा उक्त खानेपानी संस्थामा आर्थिक अनियमियाको अखडा त बनेको छैन भन्ने ब्यापक आशंका स्थानीयहरुको छ ।





