दुहबी/ सुनसरीको दुहबीमा रहेको अस्थायी ट्राफिक पोस्टले दुहबी बजार एरिया इलाकाको बिभिन्न ठाउँहरुमा अाफ्नो सकृयता बढाएको छ । दुहबीमा एकदमै ट्राफिक जाम संगै दुर्घटना हुने भएकोले गर्दा दुहबी ट्राफिक पोस्टले हरेक गतिविधिमा जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गरदै आएको छ।
दुहबी बजार एरिया लगायत बिभिन्न ठाउँमा ट्राफिक जनचेतनामूलक हुडिङ बोर्ड, अब्यब्स्थित पार्किङ गरेको सवारीसाधनहरुलाई व्हिललक लगाउने सामुदायिक बिधालय तथा निजि बिधालयहरुमा गएर ट्राफिक जनचेतनामूलक सन्देश तथा बिधार्थीहरुलाई जेब्राक्रसिङ बिषयमा क्लास लिने गरेको दुहबी अस्थायी ट्राफिक प्रहरी प्र.स.नि रतन दनुवारले बताए ।





