दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ स्थित रमपम फ्याक्ट्रिको अगाडि ४ बिगाह क्षेत्रफलमा सुबिधा सम्पन्न प्राबिधिक शिक्षालय बन्ने भएको छ। दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार र स्विस एम्बेस्डर संगको दुइपक्षिय सहमति अनुसार लगानी गर्न इच्छुक रहेको भन्दै नगर प्रमुख गच्छदार र स्विस कन्टाक्ट का प्रतिनिधि बिच दोहोरो हस्ताक्षर भएको छ।
साथै उक्त प्रस्ताबलाइ हिजो दुहबी नगरपालिकामा सम्पन्न दशौं नगरसभाबाट पारित गराएपछी अब प्राबिधिक शिक्षालय बन्ने पक्का भएको गच्छदारले बताए। तत्कालै गच्छदारले स्विस कन्टाक्टको बृहतक्षेत्र बिस्तार समन्वयन अनुसार गढी गाउपालिका र बुढिगङ्गा गाउपालिका का प्रमुख हरुलाइ दुहबी नगरपालिका मा बोलाइ प्राबिधिक शिक्षालय निर्माण साथै ब्यावस्थापन गर्न को लागि त्रीपक्षिय साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गराएका थिए।
३० करोड को लागतमा बन्ने उक्त सुबिधा सम्पन्न प्राबिधिक शिक्षालय मा एग्रो मेकानिक,एग्रो
इन्जिनियरिङ्ग ,औधोगिक प्रशिक्षार्थी लगायत ४ फरक क्षेत्रमा अध्यापन हुने गच्छदार ले बताएका छन। बहुआयामिक ठुला प्रोजेक्ट हरु नगरमा भित्राएर नगरका युवा युवती हरुलाइ प्राबिधिक शिक्षा मा दक्ष बनाइ स्वरोजगार तथा आत्मनिर्भर को बाटो सिर्जना गर्न आफू लागिपरेको बताए।
समृद्धि भौतिक पुर्वाधार मात्रै नभएर नागरिकको शिक्षा,स्वास्थ,रोजगार, स्वरोजगार,आत्मनिर्भरता तथा स्वाभलम्बन,बातावरण प्रदुषण तथा पर्यावरण नियन्त्रण,कृषि प्रवर्द्धन लगायतका आम जनजिबन संग जोडिने क्षेत्र समेत स्तरउन्नति हुनु पर्नेमा जोड्दै आफू सोही परिकल्पना अनुसार दुरगामी सोच सहित योजना मुताबिका हिम्मतका साथ अगाडि लागिरहेको नगर प्रमुख गच्छदारले बताए।





