• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी कब्रीस्तानको जग्गा बिवाद प्रकरण:मुस्लिमआयोगका अध्यक्ष अन्सारीले गरे स्थलगत निरीक्षण

काेचिला खबर by काेचिला खबर
10/27/2021
in FEATURE, मुख्य, समाज, स्थानीय
86
SHARES
390
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी १० स्थित मुस्लिम समुदायको सार्वजनिक कब्रीस्तान (आर्यघाट) को जग्गा अतिक्रमण गरिएको सुचना पाए पछि मुस्लिम आयोगले चासो देखाएको छ।

आयोगका अध्यक्ष समिम मिया अन्सारी मंगलबार अतिक्रमित कब्रीस्तानको स्थलगत निरीक्षणमा दुहबी १० सिमरिया पुगेका हुन । बिहान ८ बजे अध्यक्ष अन्सारी स्थानीय मुस्लिम समुदायहरुसंग छलफल गरि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन।

अध्यक्ष अन्सारीले आयोगको तर्फबाट हर सम्भव सहयोग गर्ने आश्वासन दिदै स्थानीयहरुसंग छलफल पश्चात पुर्व राज्यमन्त्री जाकिर हुसैन, साबिक सोनापुर गाबिसको अध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता हाजी अब्दुल मिया, नेकपा एमालेको सुनसरी क्षेत्र न. ३ को इन्चार्ज रमजान अलि , नेपालि कांग्रेसका मुस्लिम अगुवा मुस्तकिम रैन , नेकपा माउबादि केन्द्रका दुहबी नगर ईन्चार्ज रहिम मिया लगायत मुस्लिम अगुवा सुरक्षा कर्मि , स्थानीय पत्रकार लगायतले कब्रीस्तानको स्थलगत निरिक्षण गरेका थिए ।

केही दिन अघि मात्र दुहबी कै स्थानीय ब्यापारी राजकुमार रौनियारले इटा भट्टा संचालन गर्न कब्रीस्तानको जग्गामा डोजर प्रयोग गरी त्यसमा बाटो निर्माण गर्न थाले पछि बिवाद बढेको थियो । सो स्थानमा डोजर लगाएर माटो सम्याइ ग्राभेल झारिरहेको सुचना पाएपछि स्थानीय मुस्लिम समुदाय आन्दोलित भएका थिए ।

समस्या सामाधानका लागी स्थानीयहरुले ईलाका प्रहरी कार्यालय दुहबीमा सो बिषयमा उजुरी गर्दा समेत प्रशासनले चासो नदेखाएको गुनासो ब्यापक बढन थाले पछि रास्टिय मुस्लिम आयोगले यस घटनाको लागि चासो दिएको पुर्व राज्य मन्त्री जाकिर हुसैनले बताए ।

स्थलगत निरीक्षण पछि सो घटनाको बिषयमा आयोगका अध्यक्ष अन्सारी लगायतको टोलि जिल्ला प्रसाशन कार्यालय सुनसरी पुगेका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी,सुनसरीका प्रहरी प्रमुखलाई सार्वजनिक कब्रीस्तानको जग्गा १ ईन्च पनि कोहिले मिच्न नपाउने गरी तत्काल समस्याको हल निकाल्न निर्देशन समेत दिएको सो बैठकमा सहभागि नेकपा एमाले सुनसरी क्षेत्र न. ३ का इन्चार्ज रमजान अलिले बताए ।

सार्वजनिक कब्रीस्तानको जग्गामा बाटो निर्माण गर्न राजकुमार रौनियारलाई सघाउने गढी १ घर भएका अब्दुल्लाह मिया र लतिफ मियाको समेत संलग्नता रहेको स्थानीयहरुले आरोप लगाएका छन ।

सो कब्रीस्तान ३ सय बर्षभन्दा बढी समयदेखी दुहबी १० सिमरियाका मुस्लिम समुदायहरुद्वारा उपभोग गर्दै आइरहेको स्थानीय जाबुल मियाले बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist