दुहबी । बिस्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण लामो समय देखि पठनपाठन बन्द रहेका सामुदायिक तथा सस्थागत बिधालय हरु असोज १ देखि खोल्ने ललितपुर माहानगरपालिका ले जनाएको छ। बिधालय बन्द हुदा बालबालिकाको पढाइ लाई प्रभावित मात्रै नभै भबिस्य नै अनिश्चित हुने तर्फ मध्यनगर गर्दै माहानगरले माहामारी नियन्त्रण मापदण्ड लाई ध्यानमा राखी बिधालय ले नै सम्पुर्ण स्वास्थ्य मापदण्ड पुर्ण पालना गराउदै सन्चालन गराउन निर्देशन गरेको छ।
कोरोना संक्रमण दर दिनदिनै कम हुँदै गएको कुरालाइ ध्यानमा राखी बिद्यालय ब्यावस्थाप समिती,अभिभावक ,र सम्बन्धित सरोकार वाला हरुसग परामर्श गरि कोभिड १९ को सन्दर्भमा बिधालय सन्चालन सम्बन्धी कार्यढाचा २०७७ पालना गर्दै नियमित सन्चालन गराउन निर्धेशन गरेको छ।
बास्तबमै मोरङ सुनसरी जिल्ला मा पनि पछिल्लो समय कोरोना सन्क्रमितको सन्ख्या घटेका छन। यश जिल्लाका सबै पालिका हरुले पनि मातहतका सामुदायिक तथा सस्थागत बिधालयहरुलाइ सन्चालन गर्न बि ब्या स,बिधालय,लगायत सरोकारवाला हरु सग परामर्श गरि बिधालय सन्चालन गराउन पर्ने देखिन्छ।
कोरोना कै त्रासमा बालबालिका को भबिस्य अन्योल हुने हुदा त्यता तर्फ पनि ध्यान दिन अभिभावक बर्ग हरुले आबस्यक देखिन्छ। सरकारी कार्यलय, सार्वजनिक सस्थान,पार्क,मठमन्दिर, सपिङ्ग महल जस्ता भिडभाड स्थल समेत खुलिसकेको हुदा अब बिधालय लाई मात्रै बन्धक बनाउन उपर्युक्त नहुने यश भेगका बुद्धिजीवी हरु बताउछन।





