दुहबी/ सुनसरीको दुहबीका स्थानीय युबाहरुले दुहबीमा अत्याधिक कालोबजारी भएको भन्दै हिजो बेलुका १२ घन्टे अल्टिमेटम दिएपछि आज दुहबीमा बजार अनुगमन भएको छ।
आज बिहानै दुहबी बजार अनुगमनको क्रममा दुहबीको पसलहरुबाट अत्याधिक मुल्य लिएको समान र बिल न राखि बेच्ने गरेको समान बरामद भएको छ। दुहबीको ५ वटा पसलहरु महेन्द्र किराना पसल, आनन्द स्टोर, न्यु दुर्गा स्टोर, नेहा स्टोर र हरि स्टोरमा अनुगमन गरिएको थियो।
अनुगमनको क्रममा दुहबी ५ स्थितमा रहेको आनन्द स्टोरबाट
किनेको बिल न राखी २३ सय पिस मास्क अत्याधिक मुल्यमा बेच्ने गरेको पाइएपछि बरामद गरिएको थियो। यसैगरी दुहबी ४ स्थितमा रहेको न्यु दुर्गा स्टोरबाट बिल बिजक न रहेको ४६ प्याकेट चकलेट बरामद गरिएको छ। यसैगरी दुहबी ३ स्थितमा रहेको नेहा स्टोरबाट बिल बिजक न रहेको राजनिवास ३७ प्याकेट,जाफरानी जर्दा २५ प्याकेट र सैनिक खैनी ४२ प्याकेट बरामद गरिएको थियो।
निषेधाज्ञाको बहानामा दुहबी र आसपासका उद्योगी र थोक व्यापारीहरुले खाद्य सामाग्री लगायतको कृत्रिम अभाव सिर्जना गरि कालोबजारी गरेको स्थानीयहरुले गुनासो गरेपछि अनुगमन गरिएको र आगामी दिनहरुमा अनुगमनलाई निरन्तरता दिइने दुहबी नगरपालिकाकि उपप्रमुख तथा अनुगमन समितीकि संयोजक सुनिता दाहालशाहले जनाइन।
बरामद गरिएको सामानको एक हप्ता भित्र बिल बिजक न ल्याए बरामद गरिएको सामानलाई नस्ट गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकिय अधिकृत सुधीर साथिले बताए।
अनुगमनको क्रममा ब्यापारीहरिले खाने तेल लगायतको सामानहरुको मुल्य वृद्धि गरिएको पाइएको थियो। दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार शाहले दुहबीका ब्यापारी हरुले मिलबाटै बढी दाम तिरेर ल्याएको भएपनि उत्पादन गर्ने मिलले सामानको मुल्यको कमको बिल दिने गरेकोले होलसेल र खुद्रा ब्यापारीहरु आफै मारमा परेको अनौठो तर्क गरे।
दुहबीको एकातिर अनुगमन गर्दा अर्कोतिरका ब्यापारीहरुले सामानको मुल्य १५ दिन अगाडीकै १ सय ३० मा एक प्याकेट मास्क बेचेको देख्दा अनुगमन गर्नेनै चकित परेका थिए। कुनै ठाउँमा त पसल खुल्ला भएपनी २ मिनेटको दुरिमा गोदाममा जांदा ताला लाएर बन्द गरेको समेत पाइएको थियो। छड्के अनुगमनको विकल्प न रहेको अनुगमन समितिका सदस्यहरुको ठम्माइ छ।
२ हप्ता देखि दुहबीका स्थानीयहरुले उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको उद्योगी र थोक व्यापारीले खानेतेल लगायतमा मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेको गुनासो गरेका थिए। अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको जन गुनासो ब्याप्त रहेको थियो।
दुहबीको सबै पसलमा मुल्य सुचि राख्नु पर्ने अनिवार्य भएपनि दुहबीको अधिकांस पसलहरुमा मुल्यसुचि न हुँदा उपभोक्ताहरु ब्यापारीहरुबाट ठगिएको स्थानीय युवाहरुको भनाइ छ।





