दुहबी/ सुनसरीको दुहबीमा बिरगाउँ पीडित न्याय संघर्ष समितीले २ घन्टा ईलाका प्रहरी कार्यालय दुहबीमा धर्ना सहित प्रदर्शन गरेको छ। प्रहरीले न्याय न दिएको र पिडितहरुलाइ सहयोग गर्दा उल्टै झुठा मुद्दा लगाएको भन्दै उनिहरु दुहबी बजार परिक्रमा गर्दै नारावाजी सहित प्रदर्शन गरेका हुँन। प्रहरीले आफुहरुलाई झुटा मुद्दा लाएको भन्दै प्रदर्शन सहित चर्को नाराबाजि गरेका थिए।
१७ जना विरुद्ध किटानी सहित मुद्दा दर्ता गराउँदा समेत प्रहरीले उनिहरुलाइ पक्राउ न गरि उल्टै संरक्षण गरेको भन्दै न्यायको माग गर्दै उनिहरु आक्रोशित भएका थिए। दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले किटानी सहित मुद्दा दर्ता गरेकाकाहरुलाइ समेत राजनिति संरक्षण गरेको प्रदर्शनकारी मध्ये सरोजकुमार सिंह, बिद्यानन्द यादव र माहालक्ष्मी साहले आरोप लगाएका छन्। मेयर गच्छदारले किटानी सहित मुद्दा दर्ता भएका दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको नाम मुद्दा दर्ता हुँन अगावै आफुहरुलाइ हटाउँन दबाब दिएको घाइते पक्षका आफन्तले समेत आरोप लगाएका छन् ।
सो बिषयमा दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारसंग बुझ्दा आफुले कसैलाइ कुनै राजनितिक संरक्षण न गरेको र कुनै दबाब न दिएको बताउँदै पिडित पक्षले पूर्ण न्याय पाउँनुपर्छ र पिडकपक्षलाइ नेपाल सरकारको कानून बामोजिम तत्काल कार्वाहि गर्नुपर्ने जनाए । मेयर गच्छदारले आफू सिंगो नगरको प्रमुखको हैसियतले सबै नागरिक समान हुँने हुँदा कसैलाइ काखा र कसैलाइ पाखा राख्ने मनसाय न भएको जनाउँदै यसमा नगर प्रमुख दोषी देखाउँन खोज्ने जो कोहि राजनितिक अभिष्टकर्ताहरुसंग मेयरसंग बैमनष्यता न राख्न हुँन अनुरोध समेत गरेका छन।
प्रदर्शनकारीहरुले सामाजिक सदभाव कायम गर्नुपर्ने भन्दै न्यायका लागि अपिल समेत गरेका छन् । उनिहरुले घटनाबारे प्रहरीले चासो नदेखाएको भन्दै दुहबी २ बीरगाउँका घाइतेपक्षकाहरूले जाहेरि दिएका १७ जनाहरूलाइ यथाशिघ्र पक्राउ गरि तत्काल कार्वाहि गर्नुपर्ने माग गरेका छन । मुद्दा दर्ता गरेपनि पक्राउ न गरेको भन्दै दोषिहरूलाइ तत्काल कार्वाहि गर्नुपर्ने उनिहरुले अडान राखे । आफुहरुलाइ झुटा मुद्दा लगाएपछि आत्म सर्मपन गर्न आफुहरु तयार भएपनि प्रहरीले न समाउँदा घटना दबाउने आसय रहेको प्रदर्शनकारीहरुले आरोप लगाए। २ हप्ता अगाडी दुहबीमा दुई समुह बीच झडप हुदाँ खुकुरी हानाहान भएको दुबैपक्षकाहरुले बताएका थिए। उता ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक घनेन्द्र हाङ खजुमले दुबै पक्षको मुद्दा दर्ता भइसकेकोले अनुसन्धान भइरहेको बताउँदै चाँडैनै दोषीलाइ पक्राउगरि अदालतमा बुझाउँने बताए।







