नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)की नेतृ, पूर्व राज्य मन्त्री तथा संघीय सांसद रामकुमारी चौधरीले आफ्नो फेसबुक स्टाटसमा राष्ट्रपति र प्रधानमन्त्री बारे यसरी लेखेकी छिन । “राष्ट्र प्रमुख कुनै पनि देशको शान, ईज्त, गरीमा, समपूर्ण जनता र देशको को प्रतिनिधित्व गर्ने सस्था हो ।
तर बिडम्बना हाम्रो राष्टपति कुनै एउटा दलको त कुरै छाडौं ,दल भित्रको पनि एउटा सानो समुहको रबर स्टामको रूपमा प्रयोग भएको देख्दा साचिकै दया लागेर आयो । एउटा महिला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति भएको बेला म जति खुशी थिए आज त्यो भन्दा धेरै नै ‘दुःखका साथ भन्नु पर्दछ ‘ लज्जित महसुस भईरहेको छ । एउटा कुमारी छोरी आफ्नो बुवा आमाको नियन्त्रण भित्र रहन्छन, बिहे पछी श्रीमानको नियन्त्रणमा ,आफना समपूर्ण ईच्छा आकांक्षा लाई देखावटी समाजको लागि बलीदान गर्दछन । तर समाज बदलने कसम खाएर समानताको लामो संघर्ष बाट राष्ट्रपति जस्तो गरीमामय पदमा पुगिसकेका भण्डारी एउटा नामर्द तानाशाही प्रबृत्ति बाट ओतप्रोत शासक केपी शर्मा ओलीको कठपुतली भएको देख्दा …..लाई बिचरा भन्नु बाहेक अरू केही भन्न सकिएन । “





