दुहबी / मोरङको बुढी गंगामा मदिरा तथा लागु औषध विरुद्ध र्याली तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनका अवसरमा शनिवार ईस्लामी सघं नेपालको आयोजना तथा पोठिया युनिटीको सहकार्यमा बुढी गंगा वडा नम्बर ४ र ५ मा मदिरा तथा लागु औषध विरुद्ध र्याली तथा सचेतना कार्यक्रम सम्पन्न भएको पोठिया युनिटीका हजबुल अलिले जानकारी दिएका छन ।
सो कार्यक्रममा नेपाल प्रहरी स्थानीय तथा विभिन्न राजनीतिक दलका अगुवा , मुस्लिम धर्म गुरु , बुद्धिजीवी , मदर्साका बिद्यार्थीहरु लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएका थिए ।

मदिरा तथा लागु औषध विरुद्ध र्याली तथा सचेतना कार्यक्रमको अगुवाई स्थानीय हजबुल अलि , मौलाना सलमान मिया , मौलाना नुरमहमद मिया , कलिमुदिन मिया , कियामुदिन मियाले गरेका थिए ।
सो क्रममा सङ्घले बाँके, कपिलबस्तु, काठमाडौँ, रुपन्देही, चितवन,मोरङको विराटनगरलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेको संघका प्रदेश प्रमुख डा.उबेदुररहमान खानले जानकारी दिएका छन ।
दुर्व्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्बर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
इस्लामी सङ्घले पनि लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएको संघका अध्यक्ष नजरुल हसन फलाहीले जानकारी दिनुभयो ।






