दुहबी / दुहबी नगरपालीका वडा नम्बर ४ ले वडा भित्र बसोबास गर्ने २ सय भन्दा माथि जेस्ठ नागरिकलाइ सम्मान गरेको छ्। शुक्रबार दुहबी ४ स्थित साप्ताहिक हटिया क्षेत्रमा सम्मान कार्यक्रम आयोजना गरि वडा अध्यक्ष मुस्तकिम मिया र प्रमुख अतिथि बेद गच्छादारले सबै जेस्ठ नागरिकलाइ सम्मान गरेका हुन
प्रमुख अतिथि गच्छादारले जेस्ठ नागृक हरु हाम्रा भगवान हुन भन्दै हाल नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता का लागी अनिवार्य रास्ट्रीय परिचय पत्र नम्बर मागेको हुदा यस्को सहजिकरण गर्न नगरपालीका प्रतिबद्द रहेको प्रस्ट पारे ।
अध्यक्ष मियाले जेस्ठ नागरिक हरुलाइ वडाको बार्षिक बिनियोजित बजेट बाट सम्मान पत्र र रु ५ सयका दरले यतायात खर्च सहित हस्तान्तरण गरेका थिए। उपस्थित जेस्ठ नागरिकहरुले सम्मान ग्रहण पश्चात भावुक हुदै खुसि प्रकट गर्नुका साथै जनप्रतिनिधि हरुलाइ आशिर्बाद समेत दिएका थिए।
सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष मियाले जेस्थ नागरिकहरु हरेक परिवारको देवता हुन, उहाहरुको सम्मन , इज्जत र कदर गर्नु आम नागरिकको दायित्व भएको हुदा वडाले यो कार्यक्रमको आयोजना गरेको बताए। सम्मान सानो ठुलो, धेरै थोरै हुदैन तर सुरुवात गर्नु र हरेक नागरिकलाइ जेस्ठ नागरिक प्रति जवाफ देहिता बनाउनु नै धर्म हो , उनले भने । सदस्य संकर बस्नेतले हरेक साल सम्मान गर्दै गएका जेस्ठ नागरिक मध्य केहि हामि बाट सधैको लागि परजानु भएको हुदा दुख लागेको तर पनि यसरि कार्यक्रम गर्न पाउनु खुसि हो,





