दुहबी / सुनसरीको दुहबी नगरपालिका ८ स्थित संचालनमा रहेका ५ उद्योगले टेङग्रा खोलाको सार्वजनिक जग्गा अतिक्रमण गरी उद्योग संचालन गरी रजाई गर्दै गरेको खुल्नमा आएका छन ।
मंगलबार दुहबी नगरपालीकाका प्रमुख बेद नारायण गच्छादार दशकौ देखि अतिक्रमणमा परि हराएको टेङ्राखोलाको खोजि गर्दै स्थलगत अनुगमनमा निस्किएका छन् । दुहबी ८ का वडा अध्यक्ष तारिक चन्द्र सरदार र दुहबी नगरपालीकाका इन्जिनियर्स हरुको टिम सहित खोलाको बहाव क्षेत्रको जग्गा अतिक्रमित स्थलको अनुगमनमा निस्किएका नगर प्रमुख गच्छादारले प्रारम्भिक चरणमा टेङ्रा खोला दोहन गर्ने उद्योगका प्रतिनिधि हरुसंग छ्लफल गरेका थिए ।
छलफल सन्तोषजनक नदेखिए पछि नगर प्रमुख गछ्दार र उद्योगका प्रतिनिधि हरु सगै स्थल गत निरीक्षण गरेका थिए। इटहरी हुदै दुहबी भएर बग्ने साबिकको टेङ्राखोला को नक्सामा दुहबी ८ को एसियन थाइफुड्स प्रा लि ( रमपम) को पश्चिम हुदै पशुपति सोल्भेण्ट को दक्षिण भएर मोडिन्छ। दक्षिण तर्फ हुदै एसियन गुड लाइफ बिस्कुट र मारुती ग्यासको कर्नर बाट क्रसिङ गर्दै पशुपती सिल प्याक हुदै दुहबी २ बिरगाउ नजिक भएर दुहबी ३ जेसिस सडक भएर कोशी राजमार्गमा जोडिन्छ।
हाल उक्त स्थानमा उद्योगहरुले साबिक टेङ्राखोलाको जग्गा अतिक्रमण गरेर स्थायि संरचना निर्माण गरी उद्योग संचालन गरेको देखिन्छ भने खोलाको बहाव क्षेत्र लगभग सुन्यको अवस्थामा छ।
साबिक टेङ्राखोलाको बहाव क्षेत्र ३० फिट र दाया बाया सेटब्याक ४० फिट गरि जम्मा ७० फिट नक्सामा कायम भएतापनि हाल खोलाको भाग १० फिट पनि छैन । तत्कालिन चाइनिज कम्पनिले २०५५ सालमा इटहरी देखि सडक किनारा हुदै दुहबी कदमगाछि आसपास बाट टेङ्राखोला उत्तर पुर्व तर्फ मोडेर मालहटिया हुदै रंगशाला क्षेत्रको आसपासमा जोडेको थियो । तत्पस्चात एसियन थाइ फुड्स लगायतले उक्त खोलाको क्षेत्रफल साघुरो बनाएर संरचना बनाएका थिए।
इटहरी उपमाहानगरले आफ्नो भु भागको खोला बहाव क्षेत्रलाइ फराकिलो बनाइ संभावीत डुबान बाट जोगाउने प्रयास गरे पछि दुहबी नगरपालीका डुबान को त्रासमा छ।
उक्त डुबान लाइ मध्यनजर गर्दै दुहबी नगरपालीकाले समेत हाल खोला बहाव क्षेत्र फराकिलो गर्दै आएको छ्। नगर प्रमुख बेद गच्छादारले सम्बन्धित उद्योगका पदाधिकारी हरु संग उद्योग परिसरमै पुगेर परामर्ष गरेका थिए।
नगरपालीकाको नाप नक्सा गर्ने प्राविधिक टिमले केहिदिन अगाडि उक्त अतिक्रमित क्षेत्रको नाप जोख गरि मार्किङ समेत गरिसकेको हुदा यथासिघ्र थप परामर्ष गरि संरचना हटाउने र साबिकको टेङ्राखोला क्लियर गरेर ओभर फ्लो पानी त्यतै बाट पानीको बहाव बढाइ दुहबी नगरपालीका वडा नम्बर २, ३ ,४ ,८ मा बर्षेनि कटान डुबान बाट जन धनको क्षेती रोक्ने अभिप्रायले नगर प्रमुख गच्छादार अगाडि बढेका छन्।
हाल नेपाल सरकारको गृह मन्त्रालयले समेत बारम्बार पत्रचार गरि सार्वजनिक जग्गा अतिक्रमण भए वा गरेको खोजतलास गर्ने र फिर्ता लिने कार्य गर्न निर्देशन समेत स्थानिय तहलाइ दिइ सकेको छ।
सोहि अभियान स्वरुप नगर प्रमुख गछ्दारले दुहबी नगरपालीका क्षेत्र भित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण स्थलको अनुगमन सुरु गरेका छन्।





