दुहबी / सुनसरी दुहबीका एक युवा हाई टेंशन लाइन माथि मृत अवस्थामा फेला परेको दुहबी प्रहरीले जनाएका छन ।
प्रहरीका अनुसार फेला परेका मृतक दुहबी वडा नम्बर १ प्रास्टोकि बस्ने वर्ष २२ को कमल खत्वे रहेका छन ।
खत्वे आज बिहान ५.४५ बजेको समयमा दुहबी १ नहरको छेउ स्थित हाई टेंशन लाइन माथि झुन्डिएको मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन ।
पोखरेलका अनुसार मृतक खत्वेको सव लाई पोस्टमार्टम गर्न जिल्ला अस्पताल ईनरुवा पठाइएको र घटना बारे थप अनुसंधान भईरहेको बताए ।





