दुहबी / मंगलबार सुनसरीको दुहबी २ स्थित तुताहाको मुस्लिम टोलमा आज लागेको आगलागी बाट ४ घर जलेर नस्ट भएका थिए भने १५ लाख मुल्य बराबरको क्षेती भएका थिए ।
स्थानीयहरुले दुहबीका बारुण यन्त्र चालक प्रताप राज वंशि लाई पटक पटक आग लागि भएको फोन मार्फत जानकारी गराउदा समेत ४ घर जलेर नस्ट भईसके पछि मादक पदार्थ सेवन गरेर आधा घण्टा ढिला घटना स्थलमा पुगेको आरोप लगाएका थिए ।
सो घटना विषयमा दुहबी नगर प्रमुख वेदनारायण गच्छ्दारको गम्भिर ध्यानाकर्षण भए पछि बारुण यन्त्र चालक प्रताप राज वंशिको लापरबाहीले जनताको ठूलो धनजनको क्षती भएको हुनाले वारुण यन्त्र चालक राज वंशि लाई तत्काल बर्खास्त गर्न मेयर गच्छ्दारले दुहबी नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाई निर्देशन दिएका छन ।
सो





