दुहबी / सुनसरीको दुहबी २ स्थित तुताहाको मुस्लिम टोलमा आज लागेको आगलागी बाट ४ घर जलेर नस्ट भएका छन भने १५ लाख मुल्य बराबरको नगद , सुन चांदीको गर गहना लगायत घरायसि सामानहरु जलेर नस्ट भएका छन ।

सो आगो निभाउन गएका स्थानीय साहारुन खातुन , नाजो खातुन, सकिना खातुन र नबेसा खातुन लगायत १ दर्जन भन्दा बढि घाइते भएको स्थानी ईस्राफिन मियाले बताए ।

घाइतेहरुको उपचार दुहबीको सुनसरी सामुदायिक अस्पतालमा भईरहेका छन ।
आगो स्थानीय ईब्राहिम मियाको ४ वटा घरमा लागेको आगो के कारण लागेको खुल्न बाकी रहेको दुहबी प्रहरीले जनाएका छन ।
उता स्थानीय खुस रुदिन मिया मन्सुरीको भनाई अनुसार दुहबीका बारुण यन्त्र चालक प्रताप राज वंशि लाई पटक पटक आग लागि भएको फोन मार्फत जानकारी गराउदा समेत ४ घर जलेर नस्ट भईसके पछि मादक पदार्थ सेवन गरेर आधा घण्टा ढिला घटना स्थलमा पुगेको आरोप लगाएका छन ।
यता सो विषयमा दुहबी नगर प्रमुख वेदनारायण गच्छ्दार भन्छ बारुण यन्त्र चालक प्रताभ राजवशि दोषी ठहरीए कडा कार्वाही गर्ने बताए ।
ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलका भनाई अनुसार स्थानीयहरुले मादक पदार्थ सेवन गरेजो आरोप लगाए पछि बारुण यन्त्र चालक प्रताप राजवशि लाई मापसे चेक गराउदा मादक पदार्थ सेवन नगरेको देखीएका छन ।
सो आगो दुहबी , ईनरुवा , ईटहरी , बिराटनबगरका बारुण यन्त्र र स्थानीय , नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।





