दुहबी / सुनसरीको दुहबी नगरपालिका १० स्थित रहेको चरैया मेलाको सांस्कृतिक प्रोग्राममा ग्याङ फाइट भएको छ ।
गत शनिबार राती भएको ग्याङफाइटमा तीनजना घाइते भएको दुहबी प्रहरीमा उजुरी समेत परेका छन ।
दुई युवा समूह बीच ग्याङ फाइट किन र कसरी भएको हाल सम्म खुलेका छैनन ।
सो मेलामा सांस्कृतिक प्रोग्राम अबेर राती सम्म भएपछि केही युवाहरूले मदिरा सेवन गरेर सो घटना घटाएको हुन सक्ने स्थानीयहरुले बताएका छन ।
उता मेलाको पुजा समिति अध्यक्ष बुद्धि लाल मण्डल भन्छन सांस्कृतिक प्रोग्राम रातीको अबेर सम्म नभएर ९ बजे सम्म मात्र प्रोग्राम चलेको र दुई युवा समुह बिच ग्याङ फाइट भएको कुरामा प्रहरीको अनुसंधान बाट दोषी देखीएको माथि कानुनी कार्वाही गर्न आफुहरु प्रहरी लाई सहयोग समेत गर्ने बताए ।
यता सो विषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल संग बुझ्दा सो घटना बारे उजुरी परे लगतै अनुसंधान भईरहेको बताए ।





