इटहरी / सुनसरीकाे इटहरीमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको ज्यान गएको छ। शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिएका छन ।





