दुहबी / सुनसरीको दुहबी नगरपालीका वडा नम्बर -९ छाताबेली स्थित रहेको मदरसा तबलीगुल इस्लामको वार्षिक शैक्षिक तथा सांसकृतिक प्रतियोगिता बिहिवार सम्पन्न भएको छ ।

स्थानिय मुस्लिम समुदायले मुठ्ठि दान बाट संचालित सुनसरीकै पुरानो मदरसा तबलिगुल इस्लाममा जिर्ण रहेको भवनलाइ पुर्णरुपमा नया पक्की भवन आगामी आर्थिक बर्षभित्र निर्माण गर्ने सो कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगर प्रमुख बेद नारायण गच्छादारले घोषणा गरेका छन्। मदरसा तबलिगुलले आयोजना गरेको वार्षिक शैक्षिक तथा सांसकृतिक कार्यक्रम प्रतियोगिता -२०८० लाइ सम्बोधन गर्दै सो कुरा गच्छादारले घोषणा गरेका हुन
दुहबी -९ छाताबेलीमा बि सं २०११ सालमा स्थापना भएको मदरसा तबलिगुलमा हाल ७६५ जना बिद्यार्थीहरु अध्ययन गर्दैछन ।
कक्षा १ देखि ८ सम्म संचालन रहेको उक्त मदरसामा नेपालका बिभिन्न जिल्ला लगायत भारत देखी समेत महिला बिद्यार्थीहरु अध्ययन गर्न आएका छन्। विद्यार्थी लाई खान बस्न सहितको सुबिधा भएको गर्ल्स होस्टेल सहित सन्चालित उक्त मदरसामा मुठि दान बाटमात्रै बार्षीक १३ लाख सम्म जम्मा हुने गरेको छ।
शिक्षक लगायत अन्य कर्मचारी सहित ३३ जना कार्यरत उक्त मदरसाको मुख्य आम्दानी मुठी दान , निकाह दान, लगायत बिभिन्न शिर्षकमा दान संकलन गरेर शिक्षामा लगानी गरेको पाइएको छ।
कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले अन्य जातजाती, धर्म र सम्प्रदायका महिला संग बराबरी हैसियत राख्ने हिम्मत गरि मुस्लिम महिला बिद्यार्थी अरुले अध्ययन लाइ अगाडि बढाएकोमा आफुलाइ थप जिम्बेवार र उर्जा मिलेको बताए ।
युसुफ मलालाले नोबेल पुरस्कार बिजयी यहि शिक्षा क्षेत्रमा महिलाले अगाडि बढ्न पाउनु पर्ने धारणा र अभियान बाट प्राप्त गरेको उदाहरण दिदै उनले भने दुहबी नगरपालीका भित्र यतिका धेरै मुस्लिम बालिका हरुले अध्ययन लाइ प्राथमिकता दिनु भनेको समाज , धर्म र सस्कृति प्रति रोल मोडेल को खाका कोर्नु हो ।
कुरानको सबैभन्दा अगाडी लेखिएको इकरा शब्द को अर्थ अध्ययन गर्नु नै रहेको हुदा उक्त उवाचलाइ मुस्लिम महिलाहरुले दिएको अंग्रेजी , उर्दु र नेपाली वाचन हरुले सिद्द गरेको उनको तर्क रहेको थियो। अनुशासन सहितको शिक्षा आजको आवस्यकता रएको भन्दै गच्छादारले शैक्षिक क्षेत्रमा मुस्लिम बालिका हरुले उल्लेखनिय योगदान गरेको प्रति आभार ब्यक्त गर्दै नतमस्तक रहेको बताए।
बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थी हरुलाइ प्रमुख अतिथि गच्छादारले दोसल्हा ओडाएर सम्मानित गरेका थिए।
कार्यक्रममा दुहबी शिक्षा शाखा प्रमुख निलमणी खनाल, दुहबी ९ का अध्यक्ष मेहेदी हुसैन, मदरसा संचालक समितिका सदर आबिद हुसेन , नाजिम युनुस रैन , समाज सेवि हाजि अब्दुल मिया , माउन्ट एभेरेस्टका प्र अ लगायत को उपस्थित रहेको थियो ।





