दुहबी / सुनसरीको दुहबी क्षेत्रमा ६ लेन सडकको नाला निर्माणकार्यमा स्टिमेट अनुसारको काम नभएको ठेकेदार पक्ष लाई आरोप लगाउदै शुक्रबार स्थानियले विरोध जनाई तत्कालको लागी निर्माणकार्य अबरुध गरेका छन ।

नाला निर्माणमा ब्रिगसोलिङ ढलानमा तोके बमोजिम काम नभएको
माटो फिलिङ्ग र ढुङ्गा सोलिङ्ग गर्दा बिना कमप्याक्सन(धुरमुस) र ढुङ्गा जोडाइ गरेको निर्माण भएको नालाको वालमा कहिले पानी हाल्ने काम नगरेकोमा ठेकेदार पक्षले निर्माणकार्य गुणस्तरहिन गरेको हुन सक्ने भन्दै स्थानीय युनुस मिया र मुस्तकिम मियाले बताएका छन ।
स्थानीय मुस्तकिम मियाका भनाई अनुसार यस विषयमा पटकपटक जान्न खोजेपनि निर्माणको जिम्मा पाएका ठेकेदार पक्षका ईन्जिनियर महेस यादव संग बुझ्न् खोज्दा स्टिमेट पेपर आफू संग तत्काल नरहेको भन्दै चाहीएमा अफिसमा गई लिन यादवले उल्टै धम्क्याउने गरेको मियाले आरोप लगाएका छन ।

उनले नाला निर्माण गर्दा माटो फिलिङ र ढुंगाको सोलिङ्ग हुनुपर्नेमा सोलिङ्ग गर्दा बिना कमप्याक्सन(धुरमुस) र ढुङ्गा जोडाइ गरेकोले
गुणस्तरहिन काम भईरहेकोमा स्टिमेट पेपर खोज्ने आम जनताको अधिकार रहेको बताए ।
उता सो बिषयमा ठेकेदार पक्षका ईन्जिनियर महेस यादव संग बुझ्दा
नाला निर्माण गर्दा कुनै प्रकारको गुणस्तरहिन काम नभएको भन्दै स्थानीयले मागेका स्टिमेट पेपर तत्काल आफू संग नभएकोले सो पेपर उपल्बध गराउने भन्दा भन्दै पनि काम अवरुध गरेकोमा आपति
जनाए ।
यता यादवले भने बमोजिमको काम नभएको स्थानियको आरोप छ ।
कोशि राजमार्ग ६ लेन सडक दुहबी क्षेत्रको बिल्ट्प क्षेत्र बाहेक निर्माणकार्यको ठेक्का २९ करोड ७० लाख ३२ हजार ३ सय ४७ रुपैयामा मैनाचुली हिम स्टार जोईन्ट भेन्चुरी कन्ट्रकसन ईटहरीले निर्माणकार्य गर्न ठेक्का पाएका हुन ।





