दुहबी/ दुहबी बजार क्षेत्रको १० कठ्ठा जग्गाको बिबादमा उच्च अदालत बिराटनगरबाट कुनै प्रकारको लिखित अथवा पुर्ण पाठ पक्ष/ बिपक्षको हातमा न आएकोले यहाँका स्थानीय जनतामा कस्ले डर र त्रास फैलाएको भन्दै स्थानीयहरु आक्रोशित छन् ।
कस्ले आदेश दियो घर/पसल खाली गराउनु भनेर
तीन पुस्ता देखि वसोवास गर्दै आएका नागरिकलाई अदालतको पुर्ण पाठ आएपछि कानुनी ढंगबाट ३ पटक सम्म सूचना जारी गर्नु पर्दैन भन्दै स्थानीयहरु आक्रोशित देखिन्छन् ।
पुर्ण पाठ न आईकन किन यो गैरजिम्मेवारी डर र त्रास कसले देखायो भन्दै करोडौं ऋण लिएर ब्यबसाय संचालन गरेका स्थानीय ब्यापारी/ब्यबसायी र वास्तविक सुकुम्बासीहरुलाई ब्यबस्थापन नगरि त्रास फैल्याउने काम कोइ कसैबाट हुनु हुदैन भन्दै स्थानीयहरु थप आक्रोशित छन् ।
कानुनी राज्यमा गैरकानुनी काम गर्न पाइदैन भन्दै उनिहरु आक्रोशित भएका हुन । दुहबीको प्रमुख समस्या रहेको बजार क्षेत्रको ६ लेन सडक र ४ लेन दुहबी-इनरुवा सडक खण्ड बन्न न सकेको अवस्थामा दुहबी बजारमा ६ लेन सडकको मुख्य बाधक रहेको दुहबी नगरपलिका र स्थानीयको ६ सय ३० मिटर जग्गाको बिबाद हल हुन सकेको छैन ।
दुहबी बजारको ६ लेन सडक क्षेत्र वाहेकको करीब १० कठ्ठा जग्गा खालीगर्ने दुहबी नगरपालिकाको निर्णय विरुद्ध उच्च अदालत बिराटनगरमा परेको मुद्दाको अन्तरिम आदेश हिजो खारेज भएको थियो । उच्च अदालतको पुर्ण आदेश केही दिनपछि मात्रै आउने जनाइएको छ ।





