दुहबी/ दुहबी बजारको २ बिगाह जग्गा मध्ये १ बिगाहको केही जग्गा खाली गराउने बिषयमा दुहबी नगरपालिकाको ३५ दिने सूचनाको विरुद्धमा उच्च अदालतले परमादेश (स्टे अर्डर) दिएको स्रोतको दावी छ । आज उच्च अदालत बिराटनगरमा वकिलहरुको ३ घण्टा लामो बहस पछि परमादेश जारी भएको जनाइएको छ ।
३५ दिने दुहबी नगरपालिकाको सूचना जारी भएपछि स्थानीयले ७० बर्ष देखि आफुहरुले सो ठाउँको घर संरचना किनेर वसोवास गर्दै ४ पुस्ता बिताएको सो ठाउँमा नागरिकता र भोटर कार्ड लिएर नेताहरुलाई ७० बर्ष देखि भोट दिदैं आएपनि अहिले कांग्रेसका नेता बिजय गच्छदार हारेपछि नेपाली कांग्रेसका केही नेताकार्यकर्ताको दवावमा ३५ दिन भित्र सो ठाउँ खाली गर्न दवाव दिएर अन्याय गरेको स्थानीयहरु बताउँछन। यहि ठाउँबाट नागरिकता लिएर ४ पुस्ता देखि ब्यापार ब्यवसाय गर्दै वसोवास गर्दै आएको ठाउँमा कांग्रेसका केही नेताकार्यकर्ताको उस्काहटमा आफुहरुको पहिचान मेटाउने कार्य गरेको भन्दै स्थानीयहरु आक्रोशित छन् ।
स्थानीयहरुले विकासको काममा आफुहरु कहिले बाधक न भएको भन्दै दुहबी नगरपालिकाले ४ पुस्ता देखि स्थायी वसोवास गर्नेहरुको पहिचान मेटाउन लागीपरेकोले प्रतिकार गर्ने स्थानीयहरु बताउँछन् ।
सो ठाउँका स्थानीयहरुले बैंकको लाखौं ऋण लिएर ब्यापार ब्यबसाय गर्दै आएकोले आफुले किनेको ठाउँ न छोड्ने तर आन्दोलन गर्नुको विकल्प न रहेको स्थानीयहरुको भनाइ छ ।
दुहबी नगरपालिकाले ३५ दिने सूचना जारी गरेको २ हप्ता पछि सो २ बिगाह क्षेत्रमा ५२ बर्ष देखि वसोवास गर्दै आएकी एक एकल महिलाको घरमा डोजर लाउने सूचनाको त्रासका कारण हार्ट अट्याक भएर ज्यान समेत गएको स्थानीयहरुको दावी छ ।





