• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी क्षेत्र नम्बर ३ को चुनावी चटारोको सम्पुर्ण बिबरण

काेचिला खबर by काेचिला खबर
11/17/2022
in FEATURE, समाज, स्थानीय
116
SHARES
526
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा ११ जना स्वतन्त्र उम्मेदवार सहित ११ जना राजनीतिक दलका उम्मेदवार बिचको भिडन्त हुने देखिएको छ। यसैगरि सुनसरी क्षेत्र नम्बर ३ बाट प्रदेश सभा क बाट स्वतन्त्र ३ र राजनीतिक दलका १० गरि १३ जना उम्मेदवार प्रदेश सभा ख बाट ७ स्वतन्त्र र १० राजनीतिक दलका गरि १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यी सवै उम्मेदवारहरु आ–आफ्नो कार्यकर्ता सहित चुनावी प्रचारप्रसार र घरदैलोमा ब्यस्त देखिन्छन् । आज प्रचारप्रसारको अन्तिम दिन भएकोले नेताकार्यकर्ताको दौडधुप बाक्लो देखिन्छ। यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज राती देखि ३ दिन सम्म स्थिर समय सुरु हुँदैछ ।
आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।
यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।
यसैबीच, निर्वाचनका लागि सुरक्षा रणनीति पनि तयार भइसकेको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।
प्रहरी प्रशासन शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता उल्लंघन हुन न दिन चनाखो रहेको दावी गर्छन्।

सुनसरी क्षेत्र नम्बर ३ मा दुहबी नगरपालिका,गढी र बर्जु गाउँपालिका सहित इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६ देखि १५ सम्म र इनरुवाको ७ नम्बर वडामा प्रतिनिधि सभाका २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सुनसरी क्षेत्र नम्वर ३ अन्तर्गत प्रदेशसभा क मा इटहरी उपमहानगरपालिका ६,७,८,९,१०,११,१२,१३,१४ र १५ नम्वर वडा रहेको छ। यसैगरी गढि गाउँपालिका १ नम्वर वडा रहेको छ भने इनरुवा नगरपालिकाको ७ नम्वर वडा र दुहबी नगरपालिकाको २,३,४,८ र ९ नम्वर रहेको छ। प्रदेशसभा ख तर्फ गढी गाउँपालिका २,३,४,५र ६ नम्वर वडा, वर्जु १,२,३,४,५ र ६ र दुहबी १,५,६,७,१०,११ र १२ नम्वर वडा रहेको छ।

सुनसरी क्षेत्र नम्बर ३ मा कुल मतदाता १ लाख २५ हजार ४ सय ३२ मध्ये इटहरी उपमहानगरपालिकाको १० वटा वडामा ३७ हजार १ सय ५ जना मतदाता रहेका छन भने दुहबी नगरपालिकाको १२ वटा वडामा ३७ हजार ५८ मतदाता
छन । यसैगरी गढि गाउँपालिकाको ६ वटा वडामा २४ हजार २ सय ६८ मतदाता रहेका छन। वर्जु गाउँपालिकाको ६ वटा वडामा २२ हजार ७ सय २२ जना मतदाता रहेका छन भने इनरुवा नगरपालिकाको एउटा ७ नम्बर वडामा ४२ सय ७९ मतदाता रहेका छन ।

सुनसरी ३ नम्वर क्षेत्रमा खस आर्य समुदायको मतदाता ३१ हजार ३ सय ४४ जना छन भने आदिवासी थारु चौधरी समुदायको मतदाता ३२ हजार ६ सय ७५ जना छन।
अल्पसंख्यक मुस्लिम ,यादव ,शाह आदि समुदायबाट ३० हजार ५ सय ४३ जना मतदाता छन।
मुसहर ,बाँतर ,कोहिरी ,ऋषिदेब ,चमार ,डोम अन्य ३० हजार ८ सय ७० मतदाता छन।

यो क्षेत्रमा हेवीवेट नेताको रुपमा चिनीएका नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा बिजय गच्छदारलाई सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ । तेस्रोपटक चुनावी मैदानमा रहेकी एमाले नेत्री भगवती चौधरीलाई भने जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ । २०७० र २०७४ मा दुइ पटक गच्छदारसँगै पराजित भगवती यसपटक जसरी पनि जित्नैपर्ने दबावमा छिन् । भ्रष्टाचार मुद्दा खेपीरहेका गच्छदार गएको वर्ष कांग्रेस उपसभापतिमा पराजित भएकाले गच्छदार पनि यो चुनाव जित्नैपर्ने दबावमा छन् । २०७४ को निर्वाचनमा यहाँ थोरै मतले मात्र हार–जितको फैसला भएको थियो। गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेर जित हात पारेका थिए भने भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्। जम्मा ३२१ मतको झिनो अन्तरले गच्छदार विजयी भएकाले थोरै मत यताबाट उता सर्नुले पनि हार–जितको निर्णय अर्कै हुनसक्छ।

स्थानिय तहमा २०७९ को एमाले वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ५३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३३ हजार ५ सय ७१ मत पाएका छन्।

तेस्रो स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार ५ सय १६ र नेकपा माओवादी केन्द्रले ३ हजार ८ सय ५ मत पाएको थियो भने राप्रपाले ३३ सय ३१ मत पाएको थियो। एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरूले पाएको मत ६ सय २६ छ । यो क्षेत्रमा अन्य विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारको मत जोड्दा ८ हजार बढी देखिन्छ। यो क्षेत्रमा मुख्य समस्या भनेको बेरोजगारी, खाल्डाखुल्डी सडक, फोहोर, धुलो धुँवा प्रदुषण लगायत नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने गरि काम न भएको जन गुनासो ब्याप्त छ । यो क्षेत्रमा एउटा राम्रो अस्पताल र कलेजको समेत अभाव देखिन्छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist