दुहबी/ दुहबी नगरपालिका वडा नम्वर ३ र बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को सिमानामा पर्ने बुढीखोलामा माटो प्रसोधनको नाममा अवैधरुपमा बुढी खोला दोहन हुँदा करोडौंको झोलुंगे पुल, दुहबी वडा नम्बर ३ को बस्ती र खोलाको किनारमा रहेको नम्बरी जग्गाहरु उच्च जोखिममा परेको छ।
बुढीखोलाको धारनै परिवर्तन हुँनेगरि झोलुंगे पुलको छेउमा बुढीखोलामा डोजर लगाएर ठाउँ–ठाउँमा गहिरो भंगालो बनाउँदा समेत प्रशासन बेखवर रहेको पाइएको छ । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर खोला उत्खनन हुँनेगरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानियहरु बताउँछन ।
सो ठाउँमा गहिरो भंगालो बनाइ नदि उत्खनन गर्ने गरेको र सयौंको संख्यामा ट्रयाक्टर र टिपरबाट माटो लादैं गर्दा दुहबी ३ नम्वर वडाको बाटो समेत खाल्डाखुल्डी भएर दुर्दसा भएको पाइएको छ। सो बाटोमा सयौंको संख्यामा झोलुंगे पुल हेर्न आउने स्थानियहरुलाइ कठिनाइ भइरहेको गूनासो छ। खोला भित्र र खोलाको किनारमा माटो कारोवारीहरुले डोजर लगाएर गहिरो भंगालो बनाइ उत्खनन गर्दा समेत कसैले रोक्ने प्रयास गरेको छैन ।


प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित झोलुंगे पुल, पुरै वस्ती र नदि छेवछावका नम्बरी जग्गालाइ जेखिम पार्ने हिसाँवले खोलाको प्राकृतिक बहावको छेवछावमा अवैधरुपमा उत्खनन भइरहेको भएपनि कसैले न रोक्दा मिलेमतो हुँनसक्ने स्थानियको भनाइ छ। स्थानिय तहले पुल छेउमा ५ सय मिटर र खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तिनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न न पाइने ब्यवस्था भएपनि नियम कानूनको धज्जी उडाएको भन्दै स्थानियहरु आक्रोसित छन । सो बिषयमा दुहबी वडा नम्वर ३ का वडाअध्यक्ष माधव भण्डारीसंग बुझ्दा सो ठाउँमा माटो उत्खनन गर्न कुनै ठेक्का न लागेको बताउँदै अवैध तथा गैरकानूनीरुपमा भएको उत्खनन रोक्न तत्कालै एक्सनमा आउने जनाए।






