भाद्र १७ गते । सुनसरीको दुहवी मा गणेश चतुर्थीको शुभ अवसरमा आयोजना गरिएको गणेश चतुर्थी महोत्सव बुधवार गणपत्ति बपा मोरिया ! मंगल मुर्ति मोरिया ! भन्ने मूल मन्त्रका साथ गणेश भगवानको प्रतिमूर्तीलाई खोलामा सेलाएर सम्पन्न गरिएको छ ।
गणेश पूजा समिति दुहवीको आयोजनामा दुहवी नगरपालिका वडा नं. ५ स्थित एभरेष्ट बैंक छेउमा आयोजना गरिएको महोत्सवमा राखिएको गणेश भगवानको ७ फीटको प्रतिमूर्तीलाई नगर परिक्रमा गरि सेलाएर महोत्सवको बिसर्जन गरिएको हो ।
गणेश पुजा समिति दुहवीले भदौ १५ गते देखि सुरु गरिएको गणेश चतुर्थी महोत्सव शुक्रवार समापन गरि बाजा–गाजा तथा नाँच–गाँनका साथ पूजा स्थलबाट निकालिएको बिसर्जन यात्रा राधाकृष्ण मन्दिर रोड हुँदै मुख्य सड्क हुँदै बिभिन्न स्थानमा यात्रा पुरा गरी दुहवीको बुढीखोलामा श्री गणेश भगवानको प्रति मुर्तीलाई डुबाएर बिसर्जन गरिएको गणेश पुजा समितिका मोनु साहले जानकारी दिएका छन् ।
बिसर्जन यात्रामा दुहवीका सयौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।






