दुहबी/ सुनसरीको दुहबी नगरपालिकाको संयोजन र दुहबि जेसिज को आयोजनामा मिसेस तीज प्रतियोगिता २०७९ सिजन २ हुने भएको छ। हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज को अवसर पारेर आगामि भाद्र १४ गतेका दिन दुहबि स्थित आफ्टर डार्क पार्टि प्यालेसमा उक्त प्रतियोगिता को आयोजना गरिने दुहबि जेसिजका अध्यक्ष दिपेश राउतले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारि दिएका छन्।

सन २०१९ मा जेसिजले सिजन १ मिसेस तिज प्रतियोगिता आयोजना गर्दा २५ जना सहभागि ले भाग लिएको बताउदै यसपटक भने ३५ जना सहभागिले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष राउतले बताएका छन्।
प्रतियोगिहरुले प्रबेश शुल्क बापत रु १००० तिरेको बताउदै अध्यक्ष राउतले ५ दिन सम्म क्षमता अभिबृद्दि, ब्यक्तित्व बिकास, स्पिकिङ्ग स्किल, हिडाइ सिकाइ, लगायतको तालिम दक्ष प्रशिक्षक मार्फत दिइएको साथै दुहबि नारपालिकाले हाल सम्म गरेको भौतिक बिकास निर्माणका बहु आयामिक प्रोजेक्ट हरुको स्थलगत अवलोकन समेत गराएको जनाए। दुहबी नगरपालिकाले हाल् सम्म गरेका र निर्माणाधिन अबस्थामा रहेका बिकासका ठुला परियोजना मध्ये फुड प्रोसेसिङ्ग सेन्टर, नगर प्रमुख आवास योजना, नगर अस्पताल, सडक कालोपत्रे , फोहोर प्रसोधन केन्द्र, साप्ताहिक हाट बजार, कोल्ड स्टोर, रङ्गशाला लगायतको भ्रमण तथा अवलोकन गराइएको थियो।
मिसेस तीज प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ५ लाख खर्च हुने साथै प्रतियोगितामा प्रथम हुने लाइ रु १६ हजार नगद, दोश्रो हुने लाइ रु ११ हजार , तेश्रो हुनेलाइ रु ८ हजार प्रमाणपत्र र ताज बितरण गरिने , यसका साथै बिभिन्न ७ विद्यामा उत्कृष्ट हुने लाइ जनहि २१ सय का दरले पुरस्कार प्रदान गरिने अध्यक्ष राउतले जनाए। उत्कृस्ट ७ बिधामा बेस्ट पहिरन, बेस्ट मेक अप, बेस्ट हेयर, बेस्ट मुस्कान, बेस्ट हिडाइ, बेस्ट अनुशासन, बेस्ट ब्यक्तित्व रहेका छन्।
प्रतियोगितामा जज हरु दुहबि बाहिरका बिभिन्न बिधामा दक्षता हासिल गरेका ब्यक्ति रहने र आम महिला हरुलाइ निशुल्क प्रबेशको ब्यावस्था मिलाइएको राउतले बताएका छन्।
मिसेस तीज प्रतियोगिता २०७९ सफल बनाउन स्पोन्सर हरु GSMI दुहबि शाखा, सुनसरि सामुदायिक अस्पताल, भिक्टोरि मसला बिराटनगर, होटेल रेड चिल्लि, जनकल्याण बचत तथा रिण सहकारि दुहबि, एक्सल डेभलप्मेन्ट बैंक दुहबि साखा, महेन्द्र मेमोरियल कलेज दुहबि, ग्लोरियस एजुकेसन इन्स्टिच्युट दुहबि, दुहबि फुड प्लाजा, रेड रोज होटेल दुहबि, प्रमोद फेन्सि, आनन्द मोबाइल दुहबि, माँ शृगारिक कस्मेटिक दुहबि, लगायत रहेका छन भने मिडिया पार्टनरहरुमा कोचिला खबर दैनिक,प्रदेश दर्पर्ण दैनिक, उदघोष दैनिक, कान्तिपुर टेलिभिजन,रेडियो नेपाल, कोशी पत्र दैनिक, कोचिला एफ एम लगायत रहेका छन्।





