दुहबी/ मोरङको बुढीगंगा गाउपालिका वडा नम्वर ६ को सिमानामा पर्ने बुढीखोलामा माटो प्रसोधनको नाममा बुढी खोलाको डिल काटेर माटो बेच्ने गरेको भन्दै स्थानीयहरुले उजुरी दिएका छन्। खोलाको किनारमा रहेको नारायण माबीको जग्गा लगायतमा खोला दोहन गरी लाखौंको माटो बेच्ने गरेकोले खोला तथा गाउँ बस्ती र छेउमा रहेको झुलुंगे पुल बाटोघाटो उच्च जोखिममा परेको स्थानीयहरु बताउछन।
सोही बिषयमा बुढीगंगा ६ का स्थानीयहरुले गत सोमबार गाउँपालिकामा खोलाको डिलनै मासेर खोला दोहन गरी स्थानीय माटो कारोबारी मनोज चौधरीको नेतृत्व र बुढीगंगा ६ का वडा अध्यक्ष दिलिप चौधरी र स्थानीय प्रहरी प्रसाशन समेतको मिलोमतोमा माटो बेच्ने गरेको र बुढीगंगा ६ स्थित रहेको सखुवाटोकि गाउँ र झुलुंगे पुल उच्च जोखिम हुने गरी गाउँको सम्पुर्ण बाटोघाटो समेज दुर्दशा गर्दै जिर्ण बनाएकोमा तत्काल माटो प्रसोधन रोकि दोषी लाई कार्वाहीको माग समेत गरेको उजुरीमा उल्लेख छ ।

बुढीखोलाको धारनै परिवर्तन हुँनेगरि बुढीखोलामा डोजर लगाएर ठाउँठाउँमा गहिरो भंगालो बनाउँदा समेत सरोकारवालाहरु बेखवर रहेको पाइएको छ । बस्ती छेवमा रहेको बुढीखोलामा र झुलुंगे पुल छेउमा डोजर लगाएर खोला उत्खनन हुँनेगरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानियहरु बताउँछन । सो ठाउँमा गहिरो भंगालो बनाइ नदि उत्खनन गर्ने गरेको र सयौंको संख्यामा ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको पाइएको छ।

खोलाको किनारमा माटो कारोवारीहरुले डोजर लगाएर गहिरो भंगालो बनाइ उत्खनन गर्दा समेत कसैले रोक्ने प्रयास गरेको छैन । प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित पुरै वस्ती र नदि छेवछावका नम्बरी जग्गालाइ जेखिम पार्ने हिसाँवले खोलाको प्राकृतिक बहावको छेवछावमा अवैधरुपमा उत्खनन भइरहेको भएपनि कसैले न रोक्दा त्यसमा मिलेमतो हुँनसक्ने स्थानियको आशंका छ। महिनौ देखि माटो काट्दा आफुहरुले बारम्बार सम्झाउदा समेत उल्टै गाउँलेहरुलाई धम्काएको स्थानीयहरु बताउँछन्।
सो विषयमा बुढिगंगा ६ का वडा अध्यक्ष दिलिप चौधरी सँग बुझ्दा सो खोलाबाट भारी मात्रामा माटो उत्खनन गरेको स्विकार गर्दै सोही वडाका रहेको एैलानपुर गाउँ स्थित रहेको पुल निर्माणकार्यको लागि आफूले खोलाबाट १ सय ५० टिपर माटो काट्न लगाएको बताए । सरकारले असार देखि भदौ सम्म नदिजन्य ठाउँ र वरपरबाट बालुवा माटो प्रशोधन गर्न न पाइने कानुनी ब्यबस्था छ भने स्थानिय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तिनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न न पाइने ब्यवस्था छ।





