दुहबी/ सुनसरिको दुहबी नगरपालिकाले संचालन गरेको दुहबि नगर अस्पतालमा अबदेखि थप नया ३ किसिमका सेवाहरु बिस्तार गरिने भएको छ। शुक्रबार नगर अस्पतालमा गरिएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा अस्पताल सन्चालक समितिका अध्यक्ष तथा दुहबि नगर प्रमुख बेदनारायण गछादारले उक्त कुरा जनाएका हुन्।


नया आर्थिक बर्सदेखि थप गरिने सेवाहरुमा सुरक्षित गर्भपतन सेवा, प्रसुति सेवा र सर्पदंस उपचार सेवा रहेको र ति मध्य सुरक्षित गर्भपतन सेवा आगामि श्रावण १ देखिनै सन्चालनमा ल्याइने र बाकि २ उपचार सेवा आर्थिक बर्षको प्रथम चौमासिक कै २ महिना भित्रमा सन्चालनमा ल्याइने , यस्को आवस्यक प्रबन्ध मिलाउन स्वास्थ्य शाखा लाइ निर्देशन दिइ सकेको उनले बताए।
प्रचन्ड गर्मिमापनि टिनको छानामुनि बसेर अहोरात्र नगरबासि लाइ स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतल कर्मचारिलाइ आभार प्रकटगर्दै छिटैनै सुबिध सम्पन्न नगरको आफ्नै अस्पतालमा सार्न आफु अस्पताल निर्माणमा युद्ध गतिमा लागेको बताउदै उनले कर्मचारिहरुको मनोबल गिर्न नदिने , आफु सदैब सुरक्षा कवचको रुपमा खडारहेको तर कर्मचारि हरुले सेवाग्राहि माथि दुर्ब्यवहार गरे , अपशब्द बोले अथवा अस्पतालको चेन अफ कमान्ड बाहिर जान खोजे यस्ता गतिबिधि अक्षम्य रहेको साथै दन्ड र पुरस्कर दुबैको ब्यवस्था हुने कुरा गच्छादारले दर्शाएका थिए।
बिगतमा सन्चालन रहेका इमेर्जेन्सि वार्ड, ल्याब, फार्मेसि, जलरलवार्ड , लगायत्को निरिक्षण गर्दै सेवाग्राहिले पाउनुपर्ने औसधि कमि हुन नदिन आग्रह गरे। उनले आवस्यकिय थप बिसयगत बिशेषग्य हरु छिटै राखिने हुदा अस्पतालमा आउने सेवाग्राहिलाइ चुस्त दुरुस्त सेवा प्रवाह हुनेमा आफु ढुक्क रहेको बताए। नगर अस्पतालमा एक मिनेटमै रगत जाँचको रिपोर्ट दिने मेशिन जडान भएको, अत्याधुनिक खालको भिडियो एक्स रे मेशिन, सेल्फ एनलिजर, एसिजि, साथै १५ मिनेटमा १०० भन्दा बढिको दिशा, पिसाब, खकार, जाँचगर्ने मेसिन रहेको जानकरि दिए। अन्य अस्पताल भन्दा ५०% कम दरमा थाइराइड, माइक्रोबाइनोमि बाहेक सबैखाले ल्याब टेस्ट यस अस्पतालमा हुने जनाइएको छ।
कार्यक्रममा कौशिका तिम्सिनालाइ नगर अस्पतालमा १० हप्ता सम्मको सुरक्षित गर्भपतन गराउन सुचिकृत सहित प्रमाणपत्र दिइएको थियो भने नगर अस्पताल लाइ पनि सुचिकृतको प्रमाणपत्र दिइएक थियो। कार्यक्रममा बोल्दै उपप्रमुख मेनुका खतिवडाले खासगरि किसोरिहरुमा देखिने गर्भपतनलाइ गोपनियताको आवस्यक रहेको हुदा स्वास्थ्यकर्मि हरुलाइ गोपनियता कायम राख्न आग्रह गरिन्।
कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसि , अस्पताल संचालक समिति, स्वास्थ्य शाखाका कर्मचारी , नगर अस्पतालका कर्मचारी , स्वास्थ्य स्वयमसेविका, लगायतको उपस्थिति रहेको थियो।





