सुनसरी/ मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको सातौं ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रमको आज दुहबीमा उद्घाटन भएको छ।
सो अवसरमा मनमोहन स्मृती प्रष्ठिानका पदेनिय सचिव डा. डा.सुभाष श्री पोखरेलले ज्येष्ठ नागरिकको सङ्घर्ष र बलिदानले राष्ट्र निर्माण भएको चर्चा गर्दै राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने जनाए।
उनले भने “मनमोहन अधिकारी ज्येष्ठ नागरिकको सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो उहाँकै प्रधानमन्त्रीत्वकालदेखि ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु गरियो, दुःखी र वृद्धलाई सहयोग र सम्मान गर्नुपर्छ भन्ने भावना वहाँसँग भएको बताउदै वहाँको विचार र कामलाई निरन्तरता दिन मनमोहन स्मृति प्रतिष्ठानले दुहबीमा विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको उल्लेख गरेका छन्।
बिगतमा देशदर्शन तिर्थ यात्रा कार्यक्रममा एक सयदेखि दुई सय सम्मको सहभागिता रहँदै आएको थियो भने यस पटक कोरोनासँगै विभिन्न कारणबस एक नम्बर प्रदेश भरीबाट ३२ जना ज्येष्ठ नागरिकलाई मात्र सहभागीता गराइएको जनाइएको छ।
प्रदेश नं.१ को चतराधाम, बराहक्षेत्र लगायतको पर्यटकीय क्षेत्रहरुको भ्रमण गरी मधेश प्रदेशको जानकीधाम हुँदै गढीमाई, हेटौंडा शाहिद स्मारक, चितवनको सौराहा, देवघाटधाम, नवलपुरको शास्वतधाम तिर्थयात्रा भ्रमण गरी असार २२ गते सुनसरीको दुहवी नगरपालिकामा सम्पूर्ण ज्येष्ठ नागरीकहरुलाई मायाको चिनो साथ बिदाई गरिने कार्यक्रम रहेको कार्यक्रमका सहसंयोजक सत्यनारायण चौधरीले जानकारी दिए।





