दुहबी/सुनसरीको दुहबी ३ स्थित दुहबी-इनरुवा सडक खण्डमा टिपरको ठक्करबाट एक पैदल यात्रिको मृत्यु भएको छ। भारतको बिहार सुपौल जिल्ला गौनाहा गाजीपुर घर भएकि दुहबी ५ स्थित डेरामा बस्ने अन्दाजी बर्ष ६० कि चन्द्रकला देविको आज बिहान ८ बजेर ४० मिनेटमा प्रदेश २, ३००१ ख २१०१ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
साघुरो सडकमा तिव्र गतिले आउदै गरेको टिपरले ठक्कर दिएको कारण पैदल यात्रिको मृत्यु भएको स्थानीयहरुको भनाइ छ। साघुरो सडकका कारण दुहबीमा बारम्बार दुर्घटना भइरहेको स्थानीयहरु बताउँछन्। स्थानीयहरुको आक्रोशित भिडले टिपर तोडफोड गरि दुहबी-इनरुवा सडक खण्ड र कोशी राजमार्गमा टायर बालेर केही बेर प्रदर्शन गरेका थिए।
अप्रिय घटना न हुन दिन प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको छ। दुर्घटना भएपछि फरार रहेका बेलवारि ८ मोरङ घर भएका टिपर चालक उमेश सार्की पक्राउ परेको प्रहरीले जनाएको छ। १ हप्ता अगाडीपनि दुहबीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो।





