दुहबी/सुनसरीको दुहबी पार्टी प्यालेसमा दुहबी ८ स्थित रहेको माउन्ट एभरेस्ट एकेडेमीको ३० औं वार्षिक उत्सवमा विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा स्वागत बिदाई कार्यक्रम सप्पन्न भएको छ। माउन्ट एभरेस्ट एकेडेमीका प्रिन्सिपल एस रहमान राइनको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले समुदघाटन गर्दै विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए।
मेयर गच्छदारले आउदो शैक्षिकसत्र देखि दुहबीमा स्थानीय पाठ्यक्रम लागू गरेर नैतिक शिक्षा लागु गर्ने बताए। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जात जातिको पहिचान झल्किने नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा बिशिस्ट अतिथी दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडा रहेकी थिइन।






