दुहबी/ सुनसरीको दुहबी नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फवाट मेयरका उम्मेदवार बेद नारायण गच्छ्दारको पक्षमा जन लहर र सर्मथन बढदै गएको देखिन्छ ।गच्छ्दारको पक्षमा काङ्ग्रेसका कार्यकर्ताको मात्र होइन अन्य दलका ब्यक्तिहरुको पनि साथ सहयोग र समर्थन पाइरहेको देखिन्छ ।

विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेशको लहरनै छाएको छ । योग्य र कुशल ब्यक्तिलाई काङ्ग्रेसले मेयरमा उठाएको भन्दै उहाँको पक्षमा जनसर्मथन दिनदिनै अझ वलियो वन्दै गएको स्थानीयले वताएका छन । अन्यदलका उम्मेदवारका लागि गच्छदार भारी बन्दै गएको देखिन्छन । दुहबीमै जन्मे हुर्केर त्यहिँको माटोसँग गाढा सम्वन्ध वनाएका गरीवि निवारणको क्षेत्रमा दशक अघि देखि क्रियाशिल ब्यक्तित्व भएको स्थानिय बताउँछन ।
योजना निर्माणको क्षेत्रमा समेत उत्तिकै दख्खल राख्ने गच्छ्दारले दुहबी नगरको सम्वृद्धि र विकासका लागि दीर्घकालिन र अल्पकालिन योजना तयार गरेर एउटा नमूना नगर वनाउने लक्ष्य राख्नुभएको जनाए । गच्छ्दार भन्छन सवै वडाको सडकहरुको स्तरोन्नती गर्ने, मुलवाटोहरुमा नाला सहितको कालोपत्रे गर्ने योजना छ ।
सामुदायिक भवन नभएका वडामा सामुदायिक भवन वनाउने,प्राविधिक शिक्षाको ब्यवस्था गर्ने,गरीव निवारणको लक्ष्य र किसानको हितको योजना सहित एजेण्डा लिएर आईतबार दुहबी वडा नम्बर १० मा नेपाली काङ्ग्रेसको घर दैलो कार्यक्रममा सयौंको संख्यामा जन सर्मथन देखीएको
थियो ।
सो घर दैलो कार्यक्रममा मेयरका उम्मेदबार बेद नारायण गच्छ्दार , उप मेयरका उम्मेदवार मेनुका पोखरेल , दुहबी वडा नम्बर १० काङ्ग्रेसका बाट वडा अध्यक्षका उम्मेदवार तुला राम माझी लगायतको सहभागिता थियो।






