दुहबी/ स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फ बाट दुहबी नगर मेयरका उम्मेदवार बेद नारायण गच्छ्दार यस नगरमा चर्चित, लोकप्रिय र विकासप्रेमिको रुपमा परिचित नाम भएको स्थानियहरु बताउँछन।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा त्त्कालिन लोकतान्त्रिक फोरम तर्फबाट दुहबी नगरको मेयरमा गच्छदार निर्वाचित भएका थिए । बिगतमा जनतासँग गरेका बिकास पूर्वाधार निमार्णको काम सुरुवातमात्रै गर्न सफल भएकोले ति कार्यलाई सम्पन्न गरी नगरलाई समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको शनिवार समपन्न दुहबी बजारको घरदैलो कार्यक्रममा जनाए । नग रको भौगोलिक भुबनोट बिशेष प्रकारको रहेकाले थोरै लगानीबाट पूर्वाधार विकासको काम पूरा गर्न केही बाकी रहेको बताए ।
५ बर्षको कार्य अनुभव र स्थानिय जनताको अपार माया साथ सहयोगबाट यस नगरका जनताले बिकास र परिवर्तनको महशुस गर्ने गरी विभिन्न निकायमा समन्वय
गरी समृद्ध दुहबी नगर बनाउन सक्ने दृढ संकल्पका साथ अघी बढने उनले बताए ।
यस्तै बिगत ५ बर्ष देखि निर्वाचित जनप्रतिनीधि भै गरेका कामको अनुभवको अधारमा अर्गानिक
तरकारी खेति , एग्रे टुरीजम विस्तार र प्रर्वधन गरी स्थानियबासीको आय आर्जनको मुख्य पाटोको रूपमा वडाध्यक्षमा भएको विकास गरी एक समृद्ध नमुना नगर बनाएर छाड्ने गच्छ्दारले बताए ।
यस क्षेत्रमा सडक विस्तार गर्न तुलनात्मक रूपमा लागत बढी हुन्छ, जस्का लागि इच्छा शक्ति र समन्वयकारी भूमिकामा रही नगरलाइ समृद्ध बनाइ छाडने उनले जिकिर गरे ।
गच्च्दारले दुहबी नगर भित्र रहेका बेरोजगारी समस्याको सामाधान बिगतको ५ बर्षमा गरेको र केही बाकी रहेकोले यस पटक सो काम पूरा गरि छाडने बताए ।
आफू लाई पुन यस पटक जनताले बिजय गराए रोजगारको लागि दुहबी नगरका युवाहरूलाई आफ्नो घर बार छोडेर बिदेस प्लायन बाट रोकि गुरु योजना ल्यााई नगर भित्रनै बसेर रोजगारीको बाताबरण मिलाई छाडने बताए ।
गच्छदार भन्छन अब आउने दिनमा स्वास्थ्य , रोजगार , शिक्षा लगायत बाट नगर भित्रको कोहि पनि जनता बन्चित नहुने र नगर भित्रको र बाहिरको जनताको लागि यस अगाडि रिङ रोडको अवधारना ल्याए पनि बजेट अभावले काम सुरु गर्न नसकेकोले अब ५ बर्ष भित्र सम्पुर्न काम पूरा गरेर देखाउने बाचा गरे ।
यहाको जनताले विकासमा बिगतको दुहबी नगर सम्झिदा र ५ बर्स यताको विकास सम्झिदा आकाश र धर्तिको फरक देखिन्छ ५ बर्स पछिको विकास लाई हेर्नेहो भने बाटो घाटो, अस्पताल देखि लिएर हरेक क्षेत्रमा विकासको फडको देखिन्छ दुहबी नगर भित्र सबै सडकको बाटो पक्कि हुन नसके पनि कुनै पनि हिलाम्मे बाटो नहरहेको र अबको ५ बर्षमा नगर भित्रको सबै पक्कि बाटो हुने बताए ।






