दुहबी/ चुनावी अभियानको रुपमा राप्रपाको घरदैलो कार्यक्रममा आफ्नो लोकप्रिय ऐजेण्डा लिएर घर–घर पुगेका राप्रपाबाट दुहबी नगर मेयरका उम्मेदवार इन्द्र श्रेष्ठले दुहबीको विकास र परिवर्तनका लागि नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँदै दुहबीको भौतिक पूर्वाधारको दिगो विकास, दुहबी नगरबासीकालागि समतामुलक र सामाजिक न्याय, शिक्षा र स्वास्थ्य क्षेत्र, महिला अधिकार लगायतका विविध विषयमाथि काम गर्न आफ्नो उम्मेदवारी रहेको जनाए।

विशेष गरेर दुहबीमा समयमा किसानले मल नपाउने र यूवाहरुलाइ नागरिकतासँगै राहदानी बनाएर विदेश पठाउनुपर्ने बाध्यकारी अवस्था रहेको उल्लेख गर्दै श्रेष्ठले त्यसको अन्त्यका लागि सबैले सोच्ने बेला आएको बताए । विगत लामो समयदेखि दुहबीमा कांग्रेसको स्थानीय सरकार रहँदै गर्दा अब नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनले बताए। दुहबीमा धेरै खाले समस्याहरु छन । यहाँ शिक्षा, स्वाथ्य, कृषि, आर्थिक, सुशासन, सुरक्षा, सामाजिक, रोजगारी र योजनाबद्ध विकास हुन नसकेको स्थितिहरु समस्याको रुपमा रहेको छ, श्रेष्ठले भने( हामीले घोषणापत्रमार्फत त्यसको पहिचान गरिसकेका छौ । त्यसको लागि टिम बनाएर समाधानको लागि उपायहरुको तत्कालै सुरुवात गर्ने गरी योजना बनाएका छौ ।
यहाँको शिक्षालाई रोजगारीसँग जोडेर रोजगारीका समस्या समाधान गर्न प्राविधिक शिक्षालाई अगाडि बढाउने योजना बनाएको श्रेष्ठले जनाए । त्यस्तै दुहबी शहर बन्न नसक्नुको पछाडि ब्यवस्थित पार्किङको अभाव र सार्वजनिक शौचालयको अभाव देखिएकाले ब्यवस्थित शहरको रुपमा विकास गर्न र यहाँका युवाहरुलाई प्रविधिसँग जोडेर रोजगारी र शिक्षाको प्रर्वद्धन गर्न सूचना प्रविधिमाथि सबैको सहज वा निःशुल्क पहुँच पु¥याउन आवश्यक रहेको उनी बताउँछन ।


जनता परिवर्तनको पक्षमा रहेकोले पनि परिवर्तनको संवाहक राप्रपा भएकोमा जनताहरु विश्वस्त देखिएकोले पनि हाम्रो टिमको जितको आधारहरु बलियो बन्दै गएको इन्द्र श्रेष्ठले
बताए । राप्रपा दुहबीले दुहबीवासीको समस्यामा प्रतिपक्षीको रुपमा भुमिका निर्वाह गर्दै खबरदारी गरेकाले वडा वडामा टोल वस्तीमा निर्माण गरिएको राप्रपाको संगठन र समर्थकहरुको साथले दुहबीको १२ वटा वडामा न्युनतम १२ हजार मत ल्याएर चुनाव जित्ने लक्ष्यलाई प्राथमिकतामा राखेको राप्रपा दुहबीबाट मेयरका उम्मेदवार इन्द्र श्रेष्ठ बताउछन।
उनले आफू र दुहबीमा राप्रपाबाट उम्मेदवारी दिएका सवै उम्मेदवारलाई भ्रष्टाचार न गरि इमानदारीले देश र जनता प्रती समर्पित भएर काम गर्न स्थानीय मन्दीरमा गएर कसम खाने
जनाए।
दुहबीमा राप्रपाले स्थानीय निर्वाचनमा मतदाताहरुको घरघरमा पुगेर मत माग्ने क्रममा दुहबी नगर विभिन्न वडामा घरदैलो कार्यक्रम उत्साहजनक सहभागितामा सुरु भएकोमा पछिलो समयता जनसर्थन बढदै गएको देखिन्छ ।
गाउँगाउँ पुगेका राप्रपाका उम्मेदवारहरुलाई नगर बासीले समृद्ध नगरपालिका बनाउन र विकासमा लाग्न आग्रह गरेका छन् । दुहबी नगरपालिका मेयरका उम्मेदवार ईन्द्र श्रेष्ठ र उप मेयरका उम्मेदवार हंसा चौधरी समेतको सहभागितामा घरदैलो संचालन भइरहेको छ ।






