दुहबी/ सुनसरीको दुहबी नगरपालिकामा मेयरका उम्मेदवार बेद नारायण गच्छ्दारले घरदैलो कार्यक्रममा दुहबी नगरमा
अधुरा काम पूरा गर्ने मौका दिन मतदातामा आग्रह गरेका छन। लामो समय देखि राजनितिक यात्रा सुरु गरेका उनले २०७४ सालको स्थानिय निर्वाचनमा विजयी भएर एक कार्यकाल चलाइसकेका छन् । उनले अघिल्लो कार्यकालमा आफूले सोचे जस्तो ७० प्रतिशत काम पूरा
गरेको बताए । उनले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गरे। दुहबी नगरपालिकालाई प्रदेश नम्बर १ कै विकासमा नमुना नगरपालिका बनाउन सफल भएको बताए।
आफ्नो काममा पालिकावासी सन्तुष्ट रहेको बताउँदै उनले भने, ‘मलाई काम गर्न यहाँका जनताले साथ सहयोग गर्नु भयो । सबै नागरिक समाज, राजनितिक दल, बुद्धिजीवि समुदायलाई समेटेर मैले ५ वर्ष काम गरे । उहाँहरुले सहजीकरण गर्नु भयो निराश नबनाई सहयोगी भावनाले काम गर्न सफल भए ।’ शिक्षा क्षेत्रमा दुहबी नगरको माविलाई नमुना मावि बनाएका छौं माविलाई नमुना भवन बनाएर विद्यार्थी भाई बहिनीहरु सुविधा सम्पन्न विद्यालय र आधुनिका शिक्षा हासिल गर्ने शिक्षामा सुधार गरेका छौं।
त्यसैगरी नगर भित्र रहेका बिधालयहरु लाई आधुनिक भवन बनाएका छौ। विषयगत शिक्षक उपलब्ध गराएको छु। विद्यालयमा चाहिने सामग्री उपलब्ध
गराएको हो। दुहबीनगरका किसानहरुलाई पनि आधुनिक कृषि औजार, समय समयमा विउविजन मल खाद्य वितरण गरेका छौ। २० वर्ष देखि बिजुली
नरेको ठाउँमा हामीले बिजुली पुगाउन सफल भएको हो।
नगरका गलिगलि बिजुली बत्ति पुगाएका छौं।
कोभिड महामारीको बेला दुहबी नगरमा कोभिड अस्पताल संचालन गरेर नगरवासीलाई सुविधा दिएका कुरा सबैलाई थाहा नै छ। हामीले संचालन गरेको कोभिड अस्पतालमा हजारौ जना भन्दा बढी जनतालाइ उपचार गराएका छौं।
कोभिड अस्पताल संचालन गरेर नगरका जनतालाई बाहिर जान दिएनौं।
हामीले संचालन गरेको अस्पतालमा बर्जु, गढी, दुहबी, लगायका पालिकाहरुका जनतालाई समेत उपचारमा सहयोग
गरेका हो। उनले अब निर्वाचित भएमा कृषि उत्पादनलाई वृद्धि गर्नका निमित्त आधुनिकीकरण गर्ने र सिचाईँका लागि बोर्डिङ गर्ने बताए ।
साथै युवालाई स्वरोजगार बनाउन मुख्य भूमिका खेल्ने बताए । उनी यसपटक पनि आफूले निर्वाचन जित्नेमा विश्वस्त छन् । उनले भने, ‘मलाई विश्वास गरेर अघिल्लो चुनाव जिताइदिनु भएकोमा दुहबी नगरवासीलाई धन्यवाद दिन चाहन्छु ।
साथै यसपटक पनि अमूल्य मतदान गरेर मलाई जिताउनुहुन हार्दिक अनुरोध गर्दछु।






