• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी रंगशालाको नाम दिलिप राई रंगशाला नामाकरण गर्ने,दुहबीमा थारु संग्राहलय बनाउने देखी लिएर निशुल्क एम्वुलेन्स, बिद्युत लगायतको लोकप्रिय ऐजेण्डा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी दुहबी नगर समितिको दुहबीमा पहिलो घोषणापत्र तथा प्रतिबद्धता पत्र

काेचिला खबर by काेचिला खबर
04/20/2022
in FEATURE, समाज, स्थानीय
216
SHARES
984
VIEWS
Share on FacebookShare on Twitter

आदरणिय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनिहरु
पुर्वाञ्चलको हरित नगरी दुहबीको दिगो विकास,विकृति र विसंगती विरुद्ध अभियानमा हाम्रो पार्टी राप्रपाको तर्फबाट म ईन्द्र श्रेष्ठ मेयरको उम्मेद्वारी दिएको छु ।

तपाईहरुको अमुल्य प्राप्त गरी विजयी गराउनु भएको खण्डमा भनेर हैन गरेर देखाउने सिद्धान्त लाई अवलम्बन गर्दै यस क्षेत्रमा देखीएका कमि कमजोरीहरु लाई सच्याउँदै द्रुत गतिमा विकास गराउदै लैजाने प्रतिबद्वता पनि जाहेर गर्दछु ।
शिक्षा , धर्म , संस्कार , संस्कृति , उन्न्तशिल , विकासका पुर्वाधारहरु लगायतका सम्पूर्ण क्षेत्रको गहिराई देखीनै नियाल्दै त्यस्ता विषयमा विकास तथा परिवर्तनको लागि सदैव तत्पर रहने पनि प्रतिबद्धता गर्दै तल उल्लेखित बुदाहरु लाई अवलम्बन गर्दै विकासको चुलिमा पुर्याई हाम्रो दुहबी तथा राम्रो दुहबी भन्न लायकको नगर बनाउने पनि प्रतिबद्धता जाहेर गर्दछु ।

१. दुहबी नगरपालिका भित्र रहेका सम्पुर्ण समुदायिक विद्यालयहरुलाई सुधार गरी अंग्रेजी माध्यम द्वारा पढाई गरी विधार्थीहरुको स्तरोनत्ती गर्ने/गराउने ।
२. बेरोजगार समस्यामा सम्पुर्ण वेरोजगार युवाहरूलाई सीप मुलक तालिम गर्नका निमित्त CTEVT संग समन्वय गरी रोजगार मुलक तालीम दिलाउन प्रोत्साहन गर्ने/गराउने ।
३. बेरोजगार उन्मुलन गर्नको लागि क्षमता अनुसारका लोकसेवा तयारी कक्षा तथा सामग्राि तालिम
निःशुल्क दिने
४. स्वस्थकर तथा शुद्ध खानेपानी प्रत्येक वडा वडामा वितरण गर्ने/गराउने
५. विगत वर्षहरुमा झै बाढी पीडित वा अन्य दैवि प्रकोपको असरमा पर्ने पिंडकहरुको पहिचान गरी आवश्यक क्षतिपूर्ति दिने/दिलाउने
६. विद्युतको ओझेलमा परेका वडाहरुमा स्थलगत निरीक्षण गरी विद्युतिय सुविधा उपलब्ध गर्ने/गराउने
७. कृषिप्रधान देश नेपालमा यस नगरपालिका भित्र समयमा कृषि जन्य सेवा सुविधा नपाएर कृषि पेशा लाई अवलम्बन गर्न हिचकिचाइ रहेका कृषक हरुलाई समयमै कृषि आौजार , बीउ विजन , मलखाद साथै वाटर पम्प उपलब्ध गराउने ।

७. कृषकहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन हरुको उचित व्यवस्थापनको लागि कृषि बजारको निर्माण गर्ने गराउने ।
८. प्रत्येक टोलमा डष्टविन राखी हप्तामा १ दिन फोहोर संकलन गरि व्यवस्थापन गर्ने ।
९.शान्ति सुरक्षालाइ मध्यनजर गर्दै आवश्यक समन्वय तथा ब्यबस्थापन गर्ने।
१०.बजार ब्यबस्थापन गरि सार्वजनिक घुम्ती शौचालयका ब्यबस्था गर्ने।
११. नगरपालिका भित्र रहेका सम्पूर्ण बोडीङ स्कुलको समिक्षा तथा मूल्यांकन गर्ने।
१२. मेयरको अधिकार क्षेत्र पुगेमा दुहबी नगरपालिकाको पुन रेखाङकन गर्ने।
१३. मेयरले पाउँने घरभाडा,यातायातको रकम संकलन गरी सामाजिक कार्यमा सदुपयोग गर्ने।
१४. महिनामा २ पटक मात्र वैठक राखी अनावश्यक वैठक भत्ता कटौती गर्ने।
१५.विपन्न वर्गलाइ लक्षित गरी निशुल्क एम्वुलेन्स सेवा संचालन गर्ने।
१६. न्यून आय भएका ब्यक्तीहरुको पहिचान गरी विद्युतमा ५० यूनिट सम्म निशुल्क प्रदान गर्ने।
१७.प्रत्येक वडामा सहुलियत दररेटको खाद्धान्न पसलको ब्यवस्था गर्ने।
१८.बालबालिकाहरुको निमित्त प्रतिभाको पहिचान गरी प्रतिभाको विकास हुनेगरी सो क्षेत्रमा लगानी गर्ने।
१९. उत्कृष्ट उद्धमी,युवा,समाजसेवीको पहिचान गरी सवोच्च नागरिक सम्मान गर्ने।
२०. निर्माणाधिन रंगशाला निर्माण पुरा गरी दुहबी रंगशालाको नाम दिलिप राई रंगशाला नामाकरण गर्ने।

२१.सवै जातजातीको गोठाले, मोहरम,करम पर्व लगायतको सवै धार्मिक साँस्कृतिक डकुमेन्ट्री वनाइ
प्रचार प्रसार गराइ सम्पूर्ण जातजातीको संस्कृति जर्गेना गरी पर्यटन विकासमा टेपा पुर्याउने।
२२.दुहबीमा थारु संग्राहलय बनाउने,सम्पूर्ण खेलाडीहरुका निमित्त खेल अनुसारको कोचको ब्यबस्थापन गर्ने।
२३.उराँव, ऋषिदेवहरुका निमित्त नमूना वस्ती बनाउने।
२४.वातावरण सम्बन्धि अनुगमन गरी कडाइकासाथ नियन्त्रण गर्ने।
२५.सि.एस.आर. कडाइकासाथ लागु गर्ने।
२६. मठ मन्दिर, मस्जीत,चैत गुम्वा,किराँत, चर्च लगायतहरुको निमित्त सार्वजनिक जग्गा उपलब्ध गराइ संरक्षण गर्ने।
२७. ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाइ सवै समानरुपको व्यवस्थापन गर्दै जातजाती अनुसार तीर्थ भ्रमण गराउने।
२८.सम्पूर्ण ज्येष्ठ नागरिका निमित्त प्रत्येक वडामा बृद्ध चौतारी निर्माण गर्ने।
२९.फरक क्षमता भएकाहरुकालागि निशुल्क स्वास्थ्य सेवा तथा शिक्षा दिने।
३०.सहकारी संस्था संग समन्वय गरी सम्पुर्ण बेरोजगारलाइ सहुलियत ऋण उपलब्ध गराउने।

३१.बैदेशिक रोजगारीमा जानेहरुलाइ निशुल्क परामर्स तथा कानूनी साहायता गर्ने।
३२.जनचेतनालाइ स्तर उन्नती गर्दै प्रत्येक वडामा पुस्तकालय निर्माण गर्ने।
३३.बहुतल्ले व्यापारिक भवन बनाउँने।
३४.नगर अस्पताललाइ निर्माण समपन्न गरी ५० शैयाको बनाइ स्तर उन्नती गर्ने।
३५.दाइजो प्रथाको अन्तय गर्ने।
३६.वसपार्कको व्यवस्थापन गर्ने/गराउने।
३७.४० वर्ष कटेका महिलाको हकमा क्यान्सर रोग सम्बन्धि सम्पूर्ण परिक्षण निशुलक गर्ने।
३८.नगर प्रहरकिो ब्यवस्थापन गर्ने।
३९.सूचना प्रवाहको निमित्त टोल फ्रि सम्पर्क नम्वरको व्यवस्था गर्ने।
दुहबीबासीहरु कहि कतै जाँदा हाम्रो दुहबी भन्न लायक न रहेको हुादा आउँदा दिनमा हाम्रो दुहबी राम्रो दुहबी बजार भन्न लायक बजार बनाउँने प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण दुहबीवासीको उन्मुक्तीकालागि हलोमा आफ्नो अमूल्य मत प्रदान गरी बहुमतले बिजयि गराऔं। धन्यवाद

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist