दुहवी नगरपालिका वडा नम्वर ८ कदम गाछी चौक देखि पुर्ब जाने बाटो सिसवाटोल गाउँमा जग्गा प्लाटीङ गर्ने कारोवारीहरुले हिड्ने बाटोमा लापरबाही तरिकाले माटो झार्दा पुरै गाउँनै धुलाम्मे भएको भन्दै आक्रोसित छन। सम्बन्धित सरोकारवालाहरुले वैलैमा ध्यान न दिए सम्पुर्ण सिसवाटोल गाउँबासीले सो वाटोमा गाडी अवरोध गर्ने चेतावनी दिएका छन।







