दुहबी / एमाले अ.ने.म. संघ दुहबी नगरकि अध्यक्ष तथा एमाले दुहबी नगर कमिटी सदस्य गायत्रि घिमिरे ढकाल एमाले पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकि छिन ।
ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बिगत २०६३/०६४ साल देखि नेपाल कम्यूनिस्ट पार्टी एमालेको सद्स्यता लिई निरन्तर लामो अवधि सम्म माले पार्टी प्रती कडा तप्स्या मेहनत त्याग र योगदान गर्दै आएकोमा सो पार्टी संगठन माथी जुन खाल्को आसा र भरोसा गरेको थिए त्यो कहि कतै व्यवहारमा भेटिन र आजको मिति देखि कसैको करकापमा नपरि, कुनै खाल्को प्रलोभनमा नपरी आफ्नो स्व–ईच्छाले नेकपा एमाले पार्टी परित्याग गरी रास्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ।
एमाले परित्याग गरेका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा कृयाशील हुने जनाएकी छिन् ।
उनलाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनसरी क्षेत्र नम्बर ३ का सभापती तथा दुहबी नगरका मेयरका उम्मेदवार इन्द्र श्रेष्ठ तथा राप्रपा दुहबी नगर अध्यक्ष संग्राम हलुवाईले अविर खादा लगाइ पार्टीको क्षेत्रिय कार्यालयमा स्वागत गरेका थिए। स्थानीय चुनावको केही दिन मात्र बांकी रहदा अ.ने.म. संघ दुहबी नगर अध्यक्ष राप्रपामा प्रवेश भएकोमा दुहबीमा एमाले पार्टीलाई ठूलो झट्का लागेको जानकारहरु बताउछन।






