दुहबी/सुनसरीको दुहबीमा नेकपा एमालेबाट वडाअध्यक्ष जितेका दुहबी वडा नम्बर १, ३ र ४ का ३ वडाअध्यक्षहरुले आफुले चढ्ने मोटरसाइकल दुहबी नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिलाई बुझाएका छन्। सरकारले स्थानीय तहको चुनाव घोषणा गरि सकेकोले पार्टीको काममा खटिनु पर्ने भएकोले वडाअध्यक्षहरु राजन बस्नेत, माधव भण्डारी र अजुल हुसैनले सरकारी गाडि फिर्ता गरेको जनाए। मोटरसाइकलको चावी बुझ्दै दुहबी नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिले जनप्रतिनिधि हरुले आचारसंहिता पालन गर्न राम्रो कदम चालेको भन्दै प्रशंसा गरे।





