दुहबी/ ६५ औं रास्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ सुनसरीले संस्थाको २७ औं बार्शिक साधारणसभामा जनकल्याण साकोस दुहबीका अध्यक्ष मिलिराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। संस्थाले मिलिराम चौधरीलाई गत बर्षमा समेत सम्मान गरेको थियो। सहकारी क्षेत्रको बिकास र प्रबर्द्धनमा उल्लेखनीय योगदान गरेको भन्दै संस्थाले उक्त कार्यक्रममा सम्मान गरेको हो।
मिलिराम चौधरीलाई युनियन लाइफ इन्स्योरेन्स इटहरी ब्रान्चले युनियन इमेजीङ स्टारको उपाधी र अभिकर्ता हरुको संस्था MDRT 2022 अन्तर्गत MDRT मा समेत चयन गरेको थियो।





