दुहबी/सुनसरीको दुहबीमा राप्रपाको संगठन तीब्ररूपमा बिस्तार हुँदै गएको पाइएको छ।
दुहबीको वडाहरुमा टोल-टोलमा संगठन बिस्तार गर्ने क्रममा
राप्रपा पार्टी प्रवेश तथा बढदो चूनावी माहौलमा दुहबी नगरमा राप्रपा पार्टी प्रति जनताको दिनहु आकर्षण बढिरहेको र अन्य पार्टी छोडेर राप्रपा पार्टी प्रति बिश्वास गरेको राप्रपा सुनसरी क्षेत्र नम्बर ३ का सभापति तथा दुहबी नगरका मेयरका उम्मेदवार इन्द्र श्रेष्ठले जनाएका छन्।
सुनसरी क्षेत्र नम्बर ३ को समग्र बिकास तथा दुहबीको विकास र समृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने, भ्रष्टाचार र बेतिथिको भन्डाफोर गर्ने तथा जनतालाई प्रत्यक्ष लाभ पुग्ने एजेन्डालाई जनताको घर दैलोमा पुर्याउने लगायतका विषयमा आफुले कदम चाली रहेको राप्रपा नेता इन्द्र श्रेष्ठले जनाए।
बिस्तारित बैठक तथा टोल-टोलमा गरेको भेलामा विभिन्न पार्टी परित्याग गरी आएका ब्यक्तिहरु पार्टी प्रवेश गरि रहेको श्रेष्ठले जनाए। सक्रिय सदस्यता वितरणलाई अभियानको रुपमा संचालन गर्ने, जनवर्गीय संगठन निर्माण र क्रियाशीलतालाई उच्च प्राथमिकता दिने समेत उनले जनाए।





