दुहबी/सुनसरीको दुहबीमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दुहबी नगर भेला तथा नगर कमिटी घोषणा भएको छ। शनिबार एक कार्यक्रमका बिच राम प्रसाद राईको अध्यक्षतामा नेकपा एसको ३१ सदस्य दुहबी नगर कमिटी गठन भएको थियो।
दुहबी नगर कमिटीको उपाध्यक्षमा मुकेश ढकाल चयन भएका छन् भने सचीवमा सुशील गिरिलाई सर्ब सहमतिबाट चयन गरिएको थियो। उप-सचिवहरु गोमा सांपकोटा, भुपेन्द्र गच्छदार र दर्शन राई भएका छन् । सदस्यहरु रेखा साही, बिष्णु श्रेष्ठ, मनोज कुमार रौनियार,सागर मेहता,सुवास चन्द शाह रहेका छन् । यसैगरी माया गिरि, बिना कार्की, कविता श्रेष्ठ, सुनिता उराँव, लक्ष्मी चौधरी, निकिता अधिकारी, शारदा कार्की लगायतहरु सदस्यमा चयन भएका छन्।
यसैगरी उमेश माझीको अध्यक्षतामा २१ सदस्य कमिटी रहनेगरि नेकपा एसको युवा संघ गठन गरिएको छ भने गोमा सांपकोटाको अध्यक्षतामा १६ सदस्य रहने गरि अखिल नेपाल महिला संघ समेत गठन गरिएको छ। सागर मेहताको अध्यक्षतामा २१ सदस्य दुहबी नेपाल खेलकुद दुहबी महासंघ समेत गठन गरिएको थियो।
दुहबी नगर कमिटी इन्चार्ज सुमन भट्टराईको अध्यक्षता मा भएको नगर भेलामा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का केन्द्रिय सदस्य केशव बिस्ट, नेकपा एसका सुनसरी अध्यक्ष गोबिन्द निरौला, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य संदिप राई, नेकपा एसका प्रदेश सदस्यहरु रेखा खतीवडा, दिवाकर रेग्मी, जिल्ला सदस्य रोशन कार्की लगायतले नव गठित कमिटीलाई शुभकामना दिंदै दुहबीमा युबाहरुलाई समेटेर वडा कमिटी गठन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।





