दुहबी/ सुनसरीको दुहबी नगरपालिका र नेपाल सरकार रास्ट्रिय भुमी आयोग बिच भुमीहिन दलित,भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यबस्थित बसोबासीहरुलाइ ब्यावस्थापन गर्न दोहोरो सम्झौता भएको छ। दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदार र भुमी आयोगका तर्फबाट राधोराय यादब बीच आज रास्टिृय भुमि आयोग तहाचल काठमाडांैमा दोहोरो सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
रोहबरमा दुहबी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसि र नापी शाखाका मनि प्रसाद रेग्मी रहेका थिए। भुमी सम्बन्धी ऐन २०२१, भुमी नियम २०२१ र रास्ट्रिय भुमी आयोग गठन २०७८ साथै प्रचलित नियम परिधिभित्र रहि दुबै पक्षले काम कारवाही सन्चालन गर्ने गराउने भनी उक्त समझौता पत्रमा हस्ताक्षर गरिएको थियो। लामो समय देखि बसोबास गर्दै आएका दुहबी नगरपालिका भित्रका भुमिहिन सुकुम्बासीहरुले यो सम्झौता पत्रमा हस्ताक्षर भए पछि राहत महसुस गरेका छन। पटक–पटक भुमि आयोग गठन हुने र विघटन हुने भएपनी सुकुम्बासीहरुको समस्याका बारेमा कसैले ठोस निर्णय लिन नसक्दा भुमिहिनहरु मारमा पर्दै आएका थिए।
दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारको अग्रसरतामा यसपटक भने सुकुम्बासीहरुको मुहारमा अबस्य खुसी छाएको छ । सुकुम्बासीहरुको सम्बन्धमा अहिले सम्म अन्य ब्यक्तिहरुले ठुला–ठुला कुरा गरेपनी बेदनारायण गच्छदार आफै अगाडि बढेर रास्ट्रिय भुमी आयोग सँग सम्झौता गरि कार्यान्वयनको बाटोमा अगाडि बढेकोले सकारात्मक सन्देश छाएको छ।
मेयर गच्छदारले सुकुम्बासीहरुकै लागि भनेर दुहबी ११ मा समेत ११६ घर निर्माण गर्दै ८० घर तत्कालै सुकुम्बासी लाई निशुल्क हस्तान्तरण गर्न लागेका छन। प्रति घर ७ लाख ५० हजार पर्ने उक्त घर मा २ बेड रुम,किचेन,बाथरुम,२४ घण्टा धाराको पानी,बच्चालाई खेल्ने ग्राउन्ड ,प्रारम्भिक शिक्षा , क्लिनिक सहितको सुबिधा रहेको छ। यसरी हेर्दा मेयर गच्छदार सुकुम्बासीहरुको लागि आधार स्तम्भ नै हुन भन्ने स्थानियहरु बताउँछन।





