दुहबी / दुहबी नगर पालिकाले आयोजना गरेको दोश्रो अन्तर नगरपालिका स्तरिय महिला भलिबल खेलको उपाधी इटहरी उपमाहानगरपालिका ले चुमेको छ। गत २४ फागुनदेखि दुहबी खेलमैदानमा सन्चालित उक्त खेलको दोश्रो उपाधी दुहबी नगरपालिका ले जित्न सफल भएको छ।
बेस्ट अफ फाइभ आधारमा खेलाइएको उक्त खेलमा इटहरी ले सोझो सेटमा तीन खेल जित्दै नतिजा आफ्नो हातमा लिन सफल भएको छ भने दुहबी ले २ खेल जितेको थियो।
बिजेता टिमलाइ दुहबी नगरपालिका कि उपप्रमुख सुनिता दाहाल साहले ट्रफी ,प्रमाणपत्र साथै नगद ३० हजार हस्तान्तरण गरेकी थिइन भने उपबिजेता टिमलाइ वडा अध्यक्ष मुन्ना हलुवाइ र अरबिन्द बिस्वास ले ट्रफी ,प्रमाणपत्र र नगद १५ हजार हस्तान्तरण गरेका थिए।





