दुहबी / सुनसरीको दुहबी नगरपालिकाले ११२ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।उप प्रमुख सुनिता दाहाल साहको अध्यक्षतामा नगरपालिकाको सभा कक्षमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख वेद गच्छदारले लघु उद्दम मार्फत तालिम लिएर विभिन्न ब्यावसाय सन्चालन गरेका बेरोजगार तथा बिपन्न महिला हरुको समुह मध्य उत्कृष्ट १० समूह लाई दोसल्ला , प्रमाणपत्र साथै नगद रु १००५ सहित सम्मान गरेका थिए।
उक्त कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख गच्छदारले औधोगिक क्रान्तिको बिकास सगै मुलुकमा महिला र पुरुष कामदारहरु बढ्दै गएको हुँदा समान कामको समान ज्याला सहित राज्यको विभिन्न निकायमा ३३% देखि ४१% सम्म महिला सहभागीता रहेको उल्लेख गरेका थिए।
सम्बिधानले देखाएको बाटो लाई कार्यन्वयन मा लैजान आफू नगर प्रमुख बिजयी भए देखिनै परिणाममुखी कार्यक्रम गर्दै पछिल्लो समय लघु उद्दममार्फत २ सय बढी महिला समुहहरु लाई स्वरोजगार,आत्मनिर्भर र स्वाभलम्बन को बाटोमा आर्थिक जिबनस्थर वृद्धि गर्न सफल भैसकेको साथै आगामी दिनमा महिला हरुको हक हितका लागि थप कार्यक्रम ल्याएर अगाडि बढ्ने उनले बताए।
शिक्षाको क्षेत्रमा पुरुष भन्दा महिला हरु पछाडि परेको बताउदै प्राबिधिक शिक्षा मार्फत नारी हरुलाइ जोडेर आत्मनिर्भर र स्वाभालम्बनको बाटो मा सफलता दिलाएरै छाड्ने उदेश्य सहित ३० करोड को लगानीमा प्राबिधिक शिक्षालय बनाउन DPR अगाडि बढेको गच्छदारले बताए।
महिला हरु पुरुषलाई दोष देखाएर आफू लुक्न नहुने बताउदै क्षेमता र लोकपि्रयता कमाउन हरेक क्षेत्रमा खट्नु पर्ने बताए। निर्वाचन जेन्डर ले होइन लोकप्रियता , कार्यदक्षता, परिवर्तन का भिजनले जित्ने बताउदै आफ्नो क्षेमतालाइ तिखार्दै अगाडि नबढे लैङ्गकि विभेद अन्त्य गर्न कठिन हुने बताएका थिए।
दुहबी नगरपालिकाको आयोजना ,लघु उद्दम उपशाखाको सम्योजन र आवाज नेपाल,ओरेक नेपाल ,उद्दम बिकास शाखा को सहजिकरणमा आयोजित उक्त कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षहरु,सदस्यहरु, कर्मचारी हरु लगायत को उपस्थित रहेको थियो।





