दुहबी / सुनसरीको दुहबी नगरपालिकाको आयोजना र गरिबी निवारणका लागि लघु उद्दम बिकास शाखा दुहबिको सम्योजनमा दुहबी ४ का महिला हरुलाइ लघु उद्दम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउन ७ दिने अचार बनाउने तालिमको समापन भएको छ। 
वडा नम्बर ४ का ८ जना महिला हरुको समुहलाइ उक्त तालिम प्रदान गर्दै नगर पालिका ले १२ वटै वडाका बेरोजगार युवा युवती हरुलाइ स्वरोजगार बनाउन मेडपा मार्फत यस्ता कार्यक्रम सन्चालन गरेको नगर प्रमुख बेद गच्छदार ले बतए।
आर्थिक रुपमा आत्मनिर्भर बन्न र समाज रुपान्तरण गर्न महिला समुदायको अहम भुमिका रहने हुदा महिला लक्षित सिपमुलक तालिम साथै ब्यावसाय सन्चालन गर्न बीउ पुजि को ब्यावस्था गरिदिने बताउदै नगर प्रमुख बेद गच्छदार ले आफु नगर प्रमुख रहुन्जेल सम्म २४ घण्टा हरेक नागरिकको लागि ढोका खुल्ला रहने र जो कसैले पनि पैसा कै अभावमा बेरोजगार हुन नपर्ने , त्यसको लागि लघु उद्दम मार्फत जोडिएर नगरपालिका सम्म आउन आग्रह गरेका छन।
मेयर गच्छदार ले गत साल देखि मेडपा सग सहकार्य गर्दै २१४ जना लाई यस्ता तालिम दिई सकेको र २ सय जना ब्यावसायिक आत्मनिर्भरता मा लागि सकेको बताएका थिए। हरेक बेरोजगार नागरिकलाइ स्वरोजगार बनाउन नगरपालिका ले विभिन्न सेक्टर जस्तै पशुपालन ,सामुहिक कृषि ,कृस्टल गहना, ब्युटिसियन, अचार , आचरा, सिलाइ कटाइ लगयत क्षेत्रमा लगानी गर्दै आएको र धेरै नागरिकले य्स्लाइ सदुपयोग गर्दै आर्थिक अभिबृद्दी तर्फ अगाडि बढी सकेको बताउदै गच्छदार ले दुहबी बासिको हित र उन्नतिको लागि कोहि कसै सग सम्झौता नगर्ने बताए।
घरेलु बाट एक लाख सम्मको अनुदान साथै नगरपालिका मार्फत रु १ लाख सम्म ब्यावसायिक सहयोग गर्ने र सीप सिकेका समुहलाइ ब्यावसायिक बाटोमा छिराइ आर्थिक अभिबृदी गराउदै दुहबी नगरपालिका लाई आर्थिक आत्मनिर्भर बनाउन हदै सम्मको लचकता अपनाउने नगर प्रमुख गच्छदार ले बताएका थिए।
रास्टृय बाणिज्य बैंक मार्फत नगरपालिका जमानी बसेर रु १५ लाख सम्म हरेक उद्दमी समूह लाई २% ब्याजदरले बिना धितो रिण उपलब्ध गराउने वचन बद्दता गर्दै नगर प्रमुख गच्छदारले सिओअ सिकेका हरेक समुहले उक्तसिप लाई सदुपयोग गर्दै आर्थिक समृद्धिको बाटोमा लाग्न अनुरोध गरेका थिए।
गच्छदारले प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र साथै आबस्यकिय औजार र टेन्का समेत हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष राजन बस्नेतं ,सदस्य शंकर बस्नेत लगायतको उपस्थित रहेको थियो।
मेडपा दुहबी साखा प्रमुख दिवेस चौधरिले दुहबी क्षेत्र भित्र मेडपाले धेरै खाले ब्यावसायिक सीप सिकाइ महिला हरुलाइ आत्मनिर्भर बनाउन आफू सफल भएको बताए।उक्त तालिमको प्रशिक्षण रन्जना निरौला ले दिएकी थिइन।





