दुहबी/ सुनसरी को दुहबी नगरपालिकाको आयोजना र गरिबी निवारणका लागि लघु उद्दम बिकाश कार्यक्रम (मेडपा) को सम्योजनमा सन्चालित विभिन्न वडाका विभिन्न सीप बिकास तालिमको आज नगर प्रमुख बेद गच्छदार ले उद्द्घाटन तथा समापन गरेका छन।
दुहबी वडा नम्बर २ का बिरगाउ,पचिरा ,टुताहा का पशुबिकाश तालिमका सहभागी १८ जना लाई प्रमाणपत्र साथै टेन्का र स्टेशनरी हस्तान्तरण गर्दै नग्र प्रमुख गच्छदार ले आफू नगरको मेय्र मात्रै होइन आम नागरिक को दुख कस्टसग नजिकिएको नागरिकको हैसियत ले समाज भित्रका दलित,उत्पिडित ,बिपन्न र पिछडिएका सबै नागरिक लाई एक छाक खान, एक सरो लाउन साथै सहज दैनिकी जिउन आइपर्ने कठिनाइ लाई सहज बनाउन दैनिक लागि प्ररेको बताए।
सोही अभियान अनुरुप मेडपा सग सहकार्य गर्दै गरिबी निवारण का लागि अभिमुखिकरण तथा ब्यावसायिक तालिक सन्चालन गर्दै नगरपालिका अन्तर्गत का पशु,कृषि ,रोजगार शाखा का अनेकन कार्यक्रम हरु अगाडि बढाएको बताए। कृस्टल गहन, इम्ब्रोइड, अचरा, ब्युत्टिसियन,बाख्रा पलन,वन्ङुर पालन, ढाका, कप्डा झोला, दुनोट, लगएत का आयमुलक शिपको आयोजना गर्दै आफू अगाडि बढेको नगर प्रमुख गच्छदार ले बताए।
कार्यक्रम मा बोल्दै लघु उद्यम बरिस्ठ सहजकर्ता दिवेस चौधरी ले नगर भित्र आफ्नो कार्यक्रम सन्चालन रहुन्जेल नगरपालिका सग सहकार्य गर्दै हरेक नागरिक लाई उचित ब्यावसायिक सीप सृजना गराएरै छाड्ने बताए।
नगर प्रमुख गच्छदार ले दुहबी ४ स्थित पृया ब्युटिऐयन मा ४ जनालाई प्रोफेशनल ब्युटिसियन बनाउने ३ महिने तालिम उद्घाटन गरेका छन भने दुहबी कै वडा नम्बर ४ मा ५ दिने दुनोट बनाउने तालिमको समापन गरेका छन। यी सबै तालिम हरु दुहबी नगरापालिका र मेडपा नेपाल को सम्युक्त साझेदारी मा सन्चालन भएका थिए। गच्छदार ले दुनोट बनाउने तालिम मा सहभागी ७ जना हरुलाइ ग्यास सिलिन्डर, कराइ, लगायतका सामाग्री हस्तान्तरण गरेका छन।





