• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रेस युनियन सुनसरीले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरूको ७ लाख बराबरको निःशुल्क दुर्घटना बीमा गर्ने

काेचिला खबर by काेचिला खबर
01/18/2022
in FEATURE, स्थानीय
48
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी/ नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ । अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो । जसमध्ये प्रदेश १ का १३ जना युनियनका जिल्ला अध्यक्ष थिए । तर, यसपटक भने परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा आवद्वहरूको निःशुल्क दुर्घटना बीमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबीच भएको सम्झौता अनुसार जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बीमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्ने भएको छ । ‘गत वर्ष हामीले सञ्चारगृहमा आवद्व र नागरिकताको प्रतिलिपि मात्रै मागेका थियौँ,’ उनले भने, ‘यस वर्ष भने सञ्चार गृहको नियुक्ति पत्र पनि अनिवार्य गरिएको छ ।’
उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।

आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्याएर पेस गरे मान्य नहुने बताइएको छ । युनियनमा एक साताभित्र आएको नामावली इन्स्योरेन्समा पठाइने सचिव विवेक भट्टराईले बताए । उनका अनुसार पठाइएको नामावलीमध्ये आधा सञ्चारकर्मीको रकम भने युनियन जिल्लाले व्यहोर्ने छ ।

उनका अनुसार यसअघि बीमा गरिएकामध्ये विराट गौतम (अनुपम), बुलेट खतिवडा, रमेश कुमार राई र चन्दन रौनियार दुर्घटनामा परेका थिए । उनीहरूमध्ये अनुपम र राईको बीमा वापतको रकम हस्तान्तरण गरिसकिएको छ भने दुईजनाको केही दिनमै हस्तान्तरण गरिने बताइएको छ ।
गत वर्ष बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटना परेर घाइते भएमा खर्च भएमध्ये ७० हजारसम्म रकम प्राप्त हुन्थ्यो भने अब एक लाखसम्म प्राप्त हुने बताइएको छ । यस्तै, बीमितको मृत्यु भएमा सात लाख सम्म प्राप्त हुने बताइएको छ ।

कागजात बुझाउनका लागि इटहरीका लागि विनय बाह्रकोटीः ९८५११०४५३८, धरानका लागि मात्रिका नेपाल ९८५२०७५७३०, इनरुवाका लागि टोमराज मेहेता ९८४२५०६०३३, बराहक्षेत्रका लागि संगम विष्ट ९८६३४२३७७९, रामधुनीका लागि विनोद आचार्य ९८१९०६४२०८, र दुहबीमा आशिष यादवलाई ९८५२०२५७२१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसबाहेक जिल्ला सचिव विवेक भट्टराई ९८५२०३५७६४ र अध्यक्ष पवन अधिकारीलाई ९८५२०४८९९६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

05/13/2026
दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist