दुहबी/सुनसरीको दुहबी ५ स्थित श्रीजनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बृहत रक्तदान कार्यक्रम समपन्न भएको छ। सोमवार संस्थाको आफ्नै भवनमामा भएको रक्तदान कार्यक्रममा ७ महिला र २८ जना पुरुष गरि ३५ जनाले रक्तदान गरेका थिए। । रेडक्रस सोसाईटि नेपालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले रक्तदानको महत्वको बारेमा जानकारी दिएका थिए।
संस्थाको निति अनुरुप २१ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको तथा यहि पुस ७ गते निशुल्क आँखा शिविर समेत सञ्चालन गरिने संस्थाका बरिष्ठ लेखापाल घनश्याम चौधरीले जनाए।






