सुनसरी/ सुनसरीको गढि गाउँपालिकामा बाढी पीडितकोलाग्क आएको राहत रकम हिनामिना नभएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले दाबी गरेका छ्न ।
बुधबार गढि गाउँपालिकाको आफ्नो कार्यकक्षमा पत्रकार समेलन गरी सो दाबी गरेका हुन ।
२०७४ को अविरल कारण आएको बाढीले गर्दा प्रभावित भएका बाढी पीडितलाई संघीय सरकार बाट आएको राहत रकम गढि गाउँपालिकाले बाढी पीडित लाई वितरण नगरी आर्थिक हिनामिना गरेको विषयमा विभिन्न संचार माध्यमा आएको कुरा भ्रामक र कपोलकल्पित रहेको गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।
विज्ञप्तिमा भनिएकोछ २०७४ को अविरल बर्साको कारण आएको बाढिले गर्दा प्रभावित भएका पीडितहरुलाई संघीय सरकार बाट आएको राहत रकमको विषयमा यस गाउँपालिकाका अध्यक्ष प्रमुख तथा वडा अध्यक्ष हरुको बारेमा विभिन्न संचार माध्यमहरु बाट भ्रामक समाचार संप्रेषण भएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
संघीय सरकारबाट यस गाउँपालिकाका बाढी प्रभावितहरुको लागि आएको राहत रकम १,५६,०००÷०० विभिन्न वडाहरुमा पठाएको र प्रभावितहरुको लागत संकलन गरी वडा नं १ का ७२ घर धुरी २ का २४८ घर धुरी ३ का ४८ घर ४ का ५७ ५ का ८९ ६ का ११८ गरी जम्मा ६२७ घरधुरी लाई प्रत्येक घरधुरी रु २५ हजारको दरले वितरण गरिएको संबंधित सबै लाई जानकारी गराईनछ ।
वितरण गरिएको प्रभावितहरुको रकम बुझेको
भरपाई , वडा कार्यालयको पत्र बमोजिम संबंधित वडा अध्यक्ष हरुलाइ दिएको पेस्की फर्छयौट समेत भएको र सोको आलेप र मलेप समेत भइसकेको जानकारी गराइन्छ ।
यसरी रितपुर्वक सबै प्रक्रिया पुर्याई प्रभावित हरुको लागि राहत वितरण गरेको तर यस गाउँपालिकाका पदाधिकारी लाई बदनाम गर्ने नियतले यस प्रकारको कपोलकल्पित समाचार हरु प्रति यस गाउँपालिका घोर भत्र्सना गर्दछ भनी विज्ञप्तिमा उल्लेख
छ ।





