सुनसरी/ सुनसरीको दुहबी ३ स्थित कोशीराजमार्गमा दुर्दशा भएको सडक र अव्यवस्थित ट्राफिक जामको असर विद्यार्थीहरुलाइपनि परेको छ। विद्यार्थीहरुले स्कुल टाइममा आफूहरु करिब १ घण्टा बसभित्र जाममा परेको गुनासो गर्दा दुहबीमा सरोकारवालाहरु कम्जोर भएको प्रमाणित भएको छ।
दुहबीमा ६ सय ८० मिटर कोशी राजमार्ग ६ लेनको लफडा अन्त्य न भए सम्मकालागि दुहबीको ४ वटा बैकल्पिक सडक
प्रयोग गरेर ति सडक खण्डहरुमा ट्राफिक जाम हुन बाट रोक्न ट्राफिक परिचालन गरि अति आवश्यक सवारी जस्तै एम्बुलेन्स, दमकल, स्कुल बस लगायतलाई त्यो बिबादित ६ सय ८० मिटर कोशी राजमार्ग बाट सिधै पठाउने ब्यब्स्था गर्नुपर्ने जानकारहरु बताउँछन्।
कोशी राजमार्ग र दुहबी-इनरुवा सडक खण्डको दुर्दशा भएको सडक मर्मत गर्ने जिम्मा लिएको सरोकारवालाहरुको लापरबाहीले दुर्दशा भएको सो सडकको धुलोमा दुहबी वडा नम्बर ३ को कार्यालयले पानी छर्केर दैनिक ५५ सय खर्च हुन बाट जोगाउन दीर्घकालीन उपाय खोज्नुपर्ने भन्दै स्थानीयहरु दैनिकजसो प्रदर्सन गर्दै आन्दोलित छन।





